रास्वपाले बोलायो सचिवालय बैठक

रास्वपाले बोलायो सचिवालय बैठक
सुन्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ । 

आज अपराह्न ४ बजे पार्टी मुख्यालय बनस्थलीमा बैठक बस्ने तय भएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । बैठकमा पार्टी संगठन, समसामयिक राजनीतिलगायत पाँच वटा एजेण्डामा छलफल हुनेछ । 

अघिल्लो बैठकको समीक्षा, पार्टी गतिविधि र समसामयीक राजनीति, आगामी कार्यक्रम सम्बन्धी प्रस्तावित प्रतिवेदन, केन्द्रीय समितिको विस्तारित बैठकसम्बन्धी प्रस्ताव, पार्टी नियमित गतिविधि र विविध शीर्षकमा एजेण्डा तय भएको झाले बताए ।

टिप्पणीहरू