केपी ओली भन्नुहुन्छ- मेरो संकल्प करप्सन कन्ट्रोल

केपी ओली भन्नुहुन्छ- मेरो संकल्प करप्सन कन्ट्रोल
सुन्नुहोस्

प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन कायम गर्दै नागरिकमा आशावाद जनाउने सरकारको मुख्य प्राथमिकता रहेको बताउनुभएको छ । उहाँले परिस्थिति ठिक बनाउन नसकेसम्म योजनावद्ध ढंगले अघि बढ्ने योजना सुनाउनुभयो ।

नेपाल उद्योग परिसंघले आयोजना गरेको महिला नेतृत्व शिखर सम्मेलनलाई आज काठमाडौँमा सम्बोधन गर्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘हामी सक्रिय धैर्यता, सक्रियता योजना हिन होइन,योजनावद्ध सक्रियतामा अघि बढ्छौँ । निराशामा उभिएर होइन, आशावादीताकासाथ अघि बढेर आशावादीता, योजनावद्धता, सक्रियता र धैयर्ताका साथ अघि बढ्छौँ ।'

आशावादीताका साथ अघि बढ्दा र असम्भव भन्नेकुरा केही पनि नहुने प्रधानमन्त्रीको जिकिर छ । त्यस्तै,  आफू नेतृत्वको सरकार भ्रष्टाचार नियन्त्रण गर्नका लागि संकल्पका साथ अघि बढिरहेको पनि उहाँले दाबी गर्नुभयो । 

'हामी सबै एक ठाउँ छौँ, एक ठाउँ भएर लाग्नुपर्दछ । समाजका सम्पूर्ण सेक्सनहरु सबैलाई उठाउन सक्नुपर्दछ', प्रधानमन्त्री भन्नुहुन्छ, 'करप्सन कन्ट्रोल र करप्शन अन्त्य गर्ने संकल्पका साथ हामी अघि बढेका छौँ ।'

 अहिले देशमा झुटको खेती धेरै हुने गरेको भन्दै उहाँले सही र गलत छुट्याएर अघि बढ्न जरुरी रहेकोमा जोडसमेत दिनुभएको छ । लोकतन्त्रलाई राजमार्गसँग तुलना गर्दै प्रम ओलीले त्यहाँ गुड्ने गाडी ब्याक गेयर नलागी निरन्तर अघि बढ्ने बताउनुभयो ।

टिप्पणीहरू