जनआस्थाको सुझाव,सेनाको स्पष्टोक्ती

पूर्व राजा ज्ञानेन्द्र शाहको आह्वानमा राजावादीहरुको सक्रियता बढेसँगै नेपाली सेनाको भूमिकालाई लिएर भैरहेका टिप्पणीप्रति जंगीअड्डाले चासो देखाएको छ ।
आज अपरान्ह ४:२० बजे सैनिक मुख्यालयले आधिकारिक धारणा सार्वजनिक गर्दै सेनालाई पूर्व राजासँग जोडेर सामाजिक सञ्जाल र सञ्चार माध्यममा सम्प्रेषित सामाग्रीहरु तथ्यपूर्ण नरहेको स्पष्ट पारेको हो । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले विज्ञप्तिमार्फत हचुवाका भरमा सूचना सम्प्रेषण नगर्न आग्रहसमेत गरेको छ ।
पूर्वराजा ज्ञानेन्द्रले प्रजातन्त्र दिवसको अवसर पारेर फागुन ६ गते साँझ भिडियो सन्देशमार्फत आफूलाई साथ दिन अपिल गरेका थिए । उनको आह्वानपछि सडकमा उत्रिएका केही राजावादी र तीनिकट युट्युबरहरुले राजतन्त्र फर्काउन सेनाले साथ दिने दाबी गरेका थिए ।
नवराजावादी रविन्द्र मिश्रलगायतका कतिपयले राजसंस्था मासिनुको दोष सेनाको थाप्लोमा खन्याउँदै उग्र टिप्पणी गरेका थिए । सैनिक 'कू' मार्फत पूर्वराजा सत्तामा फर्किने आशयको अभिव्यक्ति दिएर मिश्रहरुले सेनालाई जबर्जस्ती विवादमा तान्न खोजेपछि जंगीअड्डाले आज लाइन क्लियर गरेको हो ।
रविन्द्र मिश्रलगायतका कतिपयले राजसंस्था मासिनुको दोष सेनाको थाप्लोमा खन्याउँदै उग्र टिप्पणी गरेका थिए । सैनिक 'कू' मार्फत पूर्वराजा सत्तामा फर्किने आशयको अभिव्यक्ति दिएर मिश्रहरुले सेनालाई जबर्जस्ती विवादमा तान्न खोजेपछि जंगीअड्डाले आज लाइन क्लियर गरेको हो ।
जनसम्पर्क निर्देशनालयले भनेको छ, 'नेपालको स्वतन्त्रता,सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधिनता र राष्ट्रिय एकताको लागि संविधान प्रदत्त जिम्मेवारीहरू पूरा गर्न नेपाली सेना सदैव कटिवद्ध रहेको छ ।'
विज्ञप्तिमा सत्यतथ्य सूचना संकलन गर्न आग्रह गर्दै भनिएको छ, 'केही दिनयता विभिन्न सञ्चार माध्यममा र सामाजिक सञ्जालमार्फत नेपाली सेनालाई जोडेर विभिन्न प्रकारका टिका-टिप्पणी धारणा र विश्लेषणहरु सम्प्रेषण भएकोमा नेपाली सेनाले आफ्नो धारणा र गतिविधिहरु नियमित रुपमा पत्रकार सम्मेलन प्रेस विज्ञप्ति, प्रेस नोट, आधिकारिक सामाजिक सञ्जाल र सैनिक कार्यहरु मार्फत सार्वजनिक गर्दै आएको छ ।'
जनसम्पर्क तथा सूचना निर्देशनालयसँग सम्पर्क गरी यथार्थपरक सूचना सम्प्रेषण गरिदिन पनि सेनाले आग्रह गरेको छ । स्मरणीय छ, राजसंस्था र हिन्दुराष्ट्रको नाममा राजनीति गरिरहेका विभिन्न पात्र र प्रवृतिले आफ्नो स्वार्थका लागि नेपाली सेनाजस्तो संवेदनशील संस्थालाई विवादमा मुछेको विषयमा जनआस्थाले चासो राख्दै आएको छ ।
जनआस्था साप्ताहिकको आजै बिहान प्रकाशित अंकमा 'हावा धेरै बगिसक्यो, सेना किन चुप' शीर्षकमा समाचार-टिप्पणी प्रकाशित छ । जहाँ सेनाबारे बजारमा उठेका प्रश्नमा जंगीअड्डाको मौनतालाई लिएर सरोकारवालाहरुको चिन्तामिश्रित चासो प्रकट हुन थालेको कुरा उल्लेख गरिएको छ ।
टिप्पणीहरू