‘हिमनदी संरक्षण’ मा जोड

‘हिमनदी संरक्षण’ मा जोड
सुन्नुहोस्

विश्वभर आज पानी दिवस मनाइँदैछ । जलवायु परिवर्तनका कारण हिमनदी सुक्दै गएको र त्यसले मानव जीवन र समग्र प्रकृतिमाथि ठूलो चुनौती थपिरहेकाले यो वर्ष पानी दिवसमा ‘हिमनदी संरक्षण’ नारा अघि सारिएको छ ।

संयुक्त राष्ट्र संघले सन् १९९३ देखि मार्च २२ का दिन पानी दिवस मनाउँदै आएको छ । विश्वभर खानेपानीको समस्या बढ्दै गएको छ । पृथ्वीमा रहेको कुल पानीको साढे ९७ प्रतिशत भाग समुन्द्रले ओगटेको छ । उक्त पानी खान योग्य मानिँदैन ।

जमिनको मूल, खोला, नदी, हिमनदीबाट उपलब्ध पानी नै मानवका लागि योग्य मानिन्छ । पछिल्लो समय भूमिगत पानीको प्रयोगका कारण पृथ्वीको वातावरणमा विविध खालका समस्या देखिन थालेको छ ।

नेपालमा पनि आज विविध कार्यक्रमका साथ पानी दिवस मनाईँदै छ ।

टिप्पणीहरू