प्रेस काउन्सिलमा शोक बिदा

प्रेस काउन्सिल नेपालले काउन्सिलका पूर्वअध्यक्ष माथवर सिंह बस्नेतको निधनमा शोक बिदा दिइएको छ । उनको निधनमा शोक मनाउन आज दिउँसो १ बजेपछि बिदा दिइएको छ ।
काउन्सिलले बस्नेतको निधनप्रति शोक व्यक्त गर्दै दिवङ्गत आत्माको चिर शान्तिको कामनासहित शोक सन्तप्त परिवारप्रति समवेदना पनि प्रकट गरेको छ । काउन्सिलसहित गोरखापत्र संस्थान, राष्ट्रिय समाचार समितिको अध्यक्ष बनेका बस्नेत पुनर्जागरण साप्ताहिकका संस्थापक सम्पादक हुन् ।
देशान्तरलगायत थुप्रै पत्रपत्रिकामासमेत कलम चलाएका उनको ७९ वर्षको उमेरमा हिजो निधन भएको थियो । वि.सं. २००७ साल माघ २६ मा जन्मेका बस्नेत वि.सं. २०६१–०६३ सालसम्म काउन्सिलको अध्यक्ष थिए ।
टिप्पणीहरू