टोखामा भेटिएको २५ करोडको मालिक टोखाकै पौडेल

काठमाडौंबाट नुवाकोट हुँदै रसुवातर्फ जान लागेको ट्रकमा भेटिएको २५ करोड रुपैयाँका मालिकको पहिचान गरिएको छ । प्रहरीले टोखाको झोरमा गुडिरहेको ट्रक रोकेर खानतलासी गर्दा फेला परेको २५ करोड बराबरको विदेशी मुद्रा टोखामा बस्दै आएका सिन्धुपाल्चोकका नारायण पौडेलको भएको बताएको छ ।
ती सबै अमेरिकी डलर र युरो सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ घर भई टोखा नगरपालिका–१० बस्दै आएका नारायण पौडेलको रहेको प्रहरीले दाबी गरेको छ ।
टिप्पणीहरू