क्यान्सरले लग्यो पत्रकारको प्राण, कोरोनाले बिते अधिवक्ता

क्यान्सरले लग्यो पत्रकारको प्राण, कोरोनाले बिते अधिवक्ता

पत्रकार राधा बस्यालको निधन भएको छ । क्यान्सरपीडित २८ वर्षीय बस्यालको शुक्रबार साँझ ५ बजे आफ्नै निवास कावासोती- २ सिमलघारीमा निधन भएको हो । वि.सं.२०४८ साल फागुन ९ गते जन्मेकी उनले ३ वर्षअघि स्तन क्यान्सर भई उपचार गराउँदै आएकी थिइन् ।

क्यान्सर लागेपछि प्रस्तावित राधा क्यान्सर सचेतना फाउण्डेशनमार्फत गाउँगाउँमा सचेतना अभियान थालिन् । उनी कावासोतीस्थित मध्यविन्दु एफएममा १० वर्षदेखि कार्यरत थिइन् ।

बस्यालको आज शनिवार बिहान अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ । पत्रकार बस्यालको २०७४ फागुनमा कावासोतिकै अस्मिन भट्टराइसंग बिहे भएको थियो । बिहे भएकै दिनदेखि घरेलु हिंसा भोगेकी बस्यालको गत फागुनमा भट्टराईसँग सम्बन्ध बिच्छेद भएको थियो ।

यसैवीच अधिवक्ता सुदिप वस्ती (सदस्य,जिल्ला बार एशोसियसन चितवन)को निधन भएको छ। प्रोष्टेड क्यान्सर तथा नसा रोगबाट पीडित अधिवक्ता वस्तीको ५९ बर्षको उमेरमा शुक्रबार बिहान निधन भएको हो । अधिवक्ता वस्ती काठमाडौंमा प्रोष्टेड क्यान्सर तथा नसा रोगको उपचार गराइरहेका थिए । उपचारको क्रममा उनलाई १ हप्ता अगाडि कोरोना पोजेटिभ देखिएकाे र उपचारकै क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

टिप्पणीहरू