अमेरिकी भिसा कुराकानीमा ताल तालका जिज्ञासा
पाक्षिक रूपमा सञ्चालन हुँदै आएको भीसा च्याटअन्तर्गत भोलिको लागि बिहीबार बिहान ११ बजेसम्म १ सय ४० वटा प्रश्न र जिज्ञासा दूतावासको फेसफुक पेजमा उल्लेख भएको देखिन्छ । तीमध्ये अधिकांश कोभिड–१९ का कारण स्थगित भीसा अन्तर्वार्ता कार्यक्रमले पारेको असरमा केन्द्रित छन् । केहीले भने भीसा अन्तर्वार्ता रोकिँदा तोकिएको समयमा अमेरिकी विश्वविद्यालयबाट प्राप्त छात्रवृत्तिलगायका अवसर मात्रै गुमाउनु परेको नभई आइएलईटीएस र टोफलको म्यादसमेत सकिँदै गएकोतर्फ संकेत गरेका छन् ।
सन् २०२१ को निम्ति डीभी चिठ्ठा परेकाहरूले पनि आफ्नो अन्तर्वार्ता कहिलेदेखि शुरु हुन्छ भनेर सोधेका छन् ।
विश्वविद्यालयहरूले आगामी वसन्तयामको शैक्षिक सत्रका लागि व्यवस्थापन गर्न सकिने इमेल पठाइरहँदा दूतावासबाट भने विगतमा झैँ अन्तर्वार्ताको लागि ठोस जवाफ पाउन नसकिएको विवरण एकजना विद्यार्थीले लेखेका छन् । दूतावासमा सबैभन्दा धेरै सन् २०२१ को निम्ति डीभी चिठ्ठा परेकाहरूले पनि आफ्नो अन्तर्वार्ता कहिलेदेखि शुरु हुन्छ भनेर सोधेका छन् ।
अघिल्लो वर्ष डीभी चिठ्ठा परेकाहरूले भने हाल अन्तर्वार्ता रोकिएकाले पछि अमेरिका जान पाउने वा नपाउने सम्बन्धमा आफूहरू अलमलमा परेको बारेमा स्पष्ट पारिदिन पनि दूतावासलाई अनुरोध गरेका छन् । धेरैको जिज्ञासाले आफू अमेरिकामा रहेको र परिवारका सदस्य नेपालमा रहेको अवस्थालाई समेत झल्काएको छ ।
टिप्पणीहरू