‘मतगणना रोक’ : डोनाल्ड ट्रम्प

‘मतगणना रोक’ : डोनाल्ड ट्रम्प

अमेरिकी राष्ट्रपतीय निर्वाचनको परिणाम अन्तिम चरणमा पुग्नै लाग्दा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले मतगणना कार्य तत्काल रोक्न माग गरेका छन् । केहीबेर अघि ट्रम्पका निर्वाचन परिचालनकर्ताहरूले त्यहाँ स्थायी बसोबास नगर्ने १० हजार जनाले गैरकानुनी मतदान गरेको भन्दै लास भेगासमा कानुनी उपचारको लागि उजुरी हालेका छन् ।

उता जर्जियामा पनि त्यस्तै उजुरी दर्ता गराइएको छ । चार वटा राज्यमा मतगणना कार्य अन्तिम चरणमा पुगेको बेला डेमोक्रयाट उम्मेदवार जो बाइडेन २ सय ६४ इलेक्टोरल भोटसहित अगाडि देखिएका छन् भने ट्रम्पले २ सय १४ भोट पाएका छन् । फक्स न्यूजका अनुसार ६ इलेक्टोरल भोट रहेको नेभादा राज्यमा बाइडेनले अग्रता कायम राखेका छन् । तर,पेन्सिलभानिया,नर्थ क्यारोलाइना र जर्जिया राज्यमा भने झिनो मतले ट्रम्प नै अगाडि छन् ।

परिणाम आउन बाँकी ५७ इलेक्टोरल भोटमध्ये विजयी घोषणा हुन ट्रम्पलाई ५६ भोटको आवश्यकता पर्छ भने बाइडेनलाई ६ मत भए पुग्छ । उनले अग्रता कायम राखेको नेभादा राज्यमा ६ इलेक्टोरल भोट छ । त्यहाँ मात्रै जितेपनि बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपति बन्नेछन् ।

टिप्पणीहरू