अहिले बालुवाटारमा नेकपा नेताहरुको द्यौसी भैलो
नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सचिवालय सदस्यहरूको अनेकन प्रयासका बाबजुद पनि प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली सचिवालय बैठकमा सबै विषयको छिनोफानो गर्ने विषयमा टसमस हुनुभएको छैन । हिजो दिउँसो पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको सचिवालयका बहुमत सदस्यहरूको अनौपचारिक बैठकले एकपटक प्रधानमन्त्रीलाई बैठक बोलाउन सामूहिक पहल गर्ने निर्णय गरेको छ ।
तर,प्रधानमन्त्री त्यसको लागि तयार नरहेको सन्देश यसअघि नै प्राप्त भइसकेको छ । त्यस्तो अवस्थामा फेरि सचिवालको बैठक बस्नेछ र त्यही निर्णय हुने भएकाले द्यौसी भैलो भट्याइरहने काम मात्र हुने देखिएको छ । तर,दक्षिणारूपी बैठक बस्ने सहमति भने कहिले हुन्छ कसैलाई पनि थाहा छैन ।
प्रक्रियागत हिसाबमा हिजोको अनौपचारिक बैठकले सचिवालय बैठक बोलाउन पहल गर्नु बेठीक होइन भन्नेहरु छन् । सचिवालयका एकजना सदस्य भन्छन् ‘पार्टी फुटाउने चेतावनी दिइसकेको सन्दर्भमा अरु कमरेडले त्यस्तो कार्यलाई रोक्न खोज्नु जायज हो । नेता तथा कार्यकर्तालाई भड्किन दिन पनि भएन । त्यसैले पार्टी एकताको लागि यो नै अधिकतम प्रयास हो ।’
‘मेरो मन्त्रिमण्डलमा बसेर कोटेश्वरतिरको तानाबानामा सामेल नहुन’ भन्दै खुट्टा उचालेको भनिएका मन्त्रीहरूलाई चेतावनी दिनुभएको बताइएको छ ।
खुमलटार निकटहरूका अनुसार बालुवाटारले राजधानीमा निर्वाचन क्षेत्र स्तरीय भौतिक या १ नम्बर प्रदेशको भर्चुअल भएपनि भेला गरिरहेको छ । जहाँ जहाँ प्रदेश सरकारले साथ दिन्छ,त्यहाँ मजबुत भइने उनीहरूको निश्कर्ष रहेको पनि खुमलटार स्रोतको दाबी छ । किनकि महासचिव विष्णु पौडेल र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको साथ मिल्दा उनीहरूलाई बुटवल पनि सहज हुनेछ ।
गृहमन्त्री तथा सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ हिजोको अनौपचारिक बैठक भएकाले मात्र अनुपस्थित रहेको बताइएको छ । हिजोको क्याबिनेट बैठकमा प्रधानमन्त्रीको कडा रवैया उनै ‘बादल’ लक्षित रहेको स्रोतको दाबी छ । प्रधानमन्त्रीले पछिल्लो क्याबिनेट बैठकमा ‘मेरो मन्त्रिमण्डलमा बसेर कोटेश्वरतिरको तानाबानामा सामेल नहुन’ भन्दै खुट्टा उचालेको भनिएका मन्त्रीहरूलाई चेतावनी दिनुभएको बताइएको छ ।
बालुवाटार र खुमलटारको नराम्रोसँग चेपुवामा पर्दै आएका गृहमन्त्रीले आफ्ना अति विश्वासपात्रहरूसँग गृहमन्त्रीबाट राजीनामा दिनसक्नेसम्मको योजना बनाएको बताएका छन् ।
टिप्पणीहरू