काठमाडौं विश्वविद्यालयलाई पैसाको पीर
धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयले यो वर्ष कोभिड–१९ को कारण ‘भर्चुअल’ दीक्षान्त समारोहको आयोजना गर्ने भएको छ । समारोहमा भाग लिने विद्यार्थीलाई मंसिर १५ गतेभित्र अनलाइन आवेदन गर्न भनिएको छ । प्रकाशित सूचनामा सोही महिनाको १७ गतेभित्र आवेदन बुझाउने अन्तिम मिति उल्लेख छ ।
अहिलेसम्म विश्वविद्यालयले आयोजना गर्ने दीक्षान्त समारोह भौतिक उपस्थितिबीच हुने गरेको थियो । तर, काठमाडौं विश्वविद्यालयले भर्चुअल दीक्षान्त समारोहको सूचना प्रकाशन गरेपछि अधिकांश विद्यार्थी र अभिभावकले आश्चर्य व्यक्त गरेका छन् । विश्वविद्यालयले भर्चुअल दीक्षान्त समारोहका लागि पनि विगतमा झैँ ४ हजार रुपैयाँ शुल्क नै तोकेकामा समेत उनीहरूले अनौठो लागेको बताएका छन् । एक जना अभिभावकले प्रश्न गरे ‘अनलाइन दीक्षान्त पनि सर्वस्वीकार्य होला र ?’
टिप्पणीहरू