रिक्रुटबाट उठाउन खोजे हाकिमले

सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलका वरिष्ठ उपरीक्षक (एसएसपी) प्रदिप श्रेष्ठको कमाउने धन्दा बाहिरिएको छ । अघिल्लो पटक कार्वाही हुनै लाग्दा तत्कालिन आईजीपीद्वारा जोगिएका उनलाई यो पटक आफ्नै व्याजमेट आईजीपी भएकाले बढी साथ पाउने आशा छ । प्रदिप स्याङ्जामा हुँदा एसएससी परीक्षाको पैसा खाएर कार्वाहीमा परेका थिए भने धनकुटा हुँदा यौन व्यवसायीको पैसा खाएर कार्वाहीकालागि तानिएको साथीहरू बताउँछन् ।

अहिले सरुवा हुन लागेको भन्दै नयाँ तालिमे प्रहरीबाट प्रारम्भिक सामान किन्ने भनेर प्रतिव्यक्ति रु २० हजार रुपैंया उठाउन लगाएको बताइन्छ । मनोज भारती नामका व्यापारीसँग कमिसन दिने गरी कुरो मिलाएको श्रोतको दाबी छ ।

तालिमेका लागि कट्टु, गञ्जी, मोजा, जुत्ता, ट्र्याकसुट, टावेललगायत सामान किन्न भनेर रकम उठाई यसअघि गुणस्तरहीन सामान दिइएको थियो । सुदूरपश्चिम प्रदेश तालिम केन्द्रमा कूल ६ सय १२ जना नयाँ तालिमे भर्ना भएकोमा प्रतिव्यक्ति २० हजारका दरले उठाउँदा सवा करोड रकम उठ्ने र त्यसमा आधा रकममै समान खरिद गरेर बाँकी रकम आफैँले लिने दाउमा प्रदिप श्रेष्ठ लागेको श्रोतको दाबी छ । त्यसैगरी उनले दिपायलस्थित अम्मर पुस्तक भण्डारबाट वर्षमा करिब ८ देखि १० हजारको अफिसका लागि स्टेसनरीका सर सामान लगेपनि पछि ५० हजारको बिल मागेर बाँकी रकम खाएको श्रोतको दाबी छ ।

टिप्पणीहरू