वामदेवलाई प्रधानमन्त्रीको बधाई तर,फक्किने सम्भावना झिनो ।
नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभाको सांसद र मन्त्री बन्नबाट रोक्न नमिल्ने गरी आज सर्वोच्च अदालतले बाटो खोलिदिएको छ । यससङ्गै उहाँलाई प्रधानमन्त्री केपी ओलीले बधाइ दिँदै सरकारमा दोश्रो वरियतासहित रक्षा या कुनै मन्त्रालय रोजेर आफूलाई सचिवालयसहित सबैतिर साथ दिन आग्रह गर्ने सम्भावना पनि उत्तिकै छ ।तर,गौतम यसचोटि भने नफस्ने सोचमै दृढ़ देखिनुहुन्छ । आजको संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरासहित चार जना श्रीमानले गौतमबिरुद्ध एकल इजलासले दिएको अन्तरिम आदेश हटाउने निर्णय गर्दा अर्का श्रीमान् ईश्वर खतिवडा भने फरक धारमा देखिनुभएको छ ।
सर्वोच्चका श्रीमानहरूमध्ये ईश्वर खतिवडा र डा.आनन्दमोहन भट्टराई अति नै मिल्नुहुन्छ । त्यसैले गौतम बिरुद्धको मुद्दामा खतिवडाको फरक मत आउनुलाई अस्वाभाविक मान्न नहुने भुक्तभोगीहरू बताउँछन् । यसअघिका कैयन फैसलामा पनि भट्टराईको आदेशलाई खतिवडा या एक अर्काले कहिँ कतै काटेको देखिँदैन ।
हुन तः खतिवडा र भट्टराईको ‘जुडिसियरी स्कुलिङ’ एउटैखाले भएकाले पनि उहाँहरुका फैसला र आदेशमा धेरैवटा समानता पाइने गरेको छ । अरु न्यायाधीशभन्दा फरक धार र प्रवृत्तिको देखिने उहाँहरुले अरु सारा न्यायाधीश एकातिर हुँदासमेत आफूलाई फरक देखाउन यसअघि पनि धेरैपटक एक्लै उभिनुभएको छ । बुधबार गौतमबिरुद्धको आदेशमा प्रधानन्यायाधीशसहित चार जना एकातिर हुँदा खतिवडा एक्लै अर्कैतिर उभिनु र यो राय बाझीले बामदेवसम्बन्धी निर्णयलाई कुनै फरक पार्दैन भन्ने जान्दाजान्दै पनि अलग कित्तामा देखिनुले उक्त भनाईलाई पुष्टि गरेको छ ।
सर्वोच्चको यो आदेशले संविधानमा भएको कमजोरीलाई पनि उधिनिदिएको छ । संविधानले निर्वाचनमा पराजित व्यक्ति गत फागुनमा युवराज खतिवडा अर्थमन्त्रीमा नियुक्त भएझैँ गरी मन्त्री बन्न नपाउने व्यवस्था मात्र गरेको हो । तर,कोही पनि व्यक्ति सांसद बन्न पाउने तर मन्त्री बन्न नपाउने भन्ने विषय हुँदै नभएको बताइन्छ । उक्त विषयलाई स्पष्टरूपमा उल्लेख गर्नुपर्नेमा संविधान निर्माणताका व्यक्ति विशेषलाई हेरेर गरिएको संवैधानिक व्यवस्थाको कारण अहिलेको जटिलता निम्तिएको जानकारहरू बताउँछन् ।
सर्वोच्चको आजको आदेशपछि वामदेव गौतमलाई मन्त्री बन्न बाटो खुलाइदिएको छ । यता,सरकारमा पनि रक्षा मन्त्रालयको जिम्मेवारी स्वयम् प्रधानमन्त्रीले सम्हाल्दै आउनुभएको छ । अब सम्भवतः प्रधानमन्त्रीले गौतमलाई दोस्रो वरियताकोे उपप्रधानमन्त्रीसहित रक्षामन्त्री बनेर सेनालाई ट्र्याकमा ल्याउनोस् भन्दै थप एम्बुस थाप्नसक्ने अड्कल लगाउन थालिएको छ ।
टिप्पणीहरू