वडा अध्यक्षले भित्र्याए तेस्री श्रीमती

सल्यानको बनगाड कुपिण्डे नगरपालिका–९ का वडा अध्यक्ष इन्द्र कुमाईले घरमा दुइ वटी श्रीमती हुँदाहुँदै तेस्री पनि भित्र्याएका छन् । कुमाईले गाउँकै पाँच जना छोरछोरीकी आमा गौरी बोहोरालाई हालै भगाएका हुन् । घरमा पहिलेदेखि दुईवटी श्रीमती राखेका वडाध्यक्षले ५२ वर्षकी अर्की श्रीमती पनि थपेर तीनवटी बनाएका हुन् । उनको जेठी श्रीमतीको तर्फबाट दुई छोरी र दोस्रोको तर्फबाट दुई छोरा छन् ।

धेरै पहिलेदेखि लसपसको सम्बन्ध रहेकाे आशंका गर्दै आएका गाउँलेहरूले वडाध्यक्ष र गौरीबीच कसिलो सम्बन्ध भएको अड्कल लगाउँदै आएका थिए । वडाध्यक्षको पहलमा ती महिलालाई धेरै पटक उपभोक्ता समितिमा समेत राख्ने गरिएको थियो । ‘हाम्रो सम्बन्धको बारेमा गाउँभरी हल्ला भएपछि बिहे गरेको हुँ’ कुमाइले स्थानीय सञ्चारकर्मीहरुसँग कुरा गर्दै आफूले तेस्रो बिहे गर्नुपर्नाको कारण खुलाएका हुन् ।

उता पाँच वटा बालबच्चा छाडेर श्रीमती वडाध्यक्षसँग भागेपछि नोखिराम बोहरा बालबच्चाको लालनपालन र भविश्यप्रति चिन्तित देखिएका छन् ।

टिप्पणीहरू