कामरेड सच्चिने कि रुसी नियति भोग्ने ?
पुरुषोत्तम पौडेल
०४५\४६ को जनआन्दोलन सफल भयो । ०४७ सालमा नेपालको संविधान जारी भयो । ०४८ सालमा आमचुनाव घोषणा भएर तयारी शुरु भयो । आमचुनावमा नेकपा एमाले प्रमुख प्रतिस्पर्धी पार्टी थियो । नेपाली कांग्रेस पुराना शक्तिलाई जुटाएर चुनावको तयारी गरिरहेको थियो । नेकपा एमालेचाहिँ क्रान्तिकारी परिवर्तनको नारासहित नवोदित शक्तिलाई जोडेर अघि बढिरहेको थियो । हामी समाजको क्रान्तिकारी परिवर्तनसहित नयाँ जनवाद स्थापनाका लागि संगठन गरिरहेका थियाँै । हाम्रा लागि चुनाव, उम्मेदवारी र माननीय बन्नुभन्दा समाजको परिवर्तन प्रमुख मुद्दा थियो ।
फेरि पनि चुनाव नजिक आइरहेको थियो । उम्मेदवार छनोटका लागि जिल्ला कमिटीको बैठक आयोजना भयो । केन्द्रबाट संसदीय विभागका प्रमुख कमरेड माधवकुमार नेपाल, केन्द्रीय सदस्य कमरेड मुकुन्द न्यौपानेसहितका कमरेडहरू आउनुभएको थियो । बैठकको अध्यक्षता कमरेड गोपाल ठाकुरले र सञ्चालन मैले गरेको थिएँ । कमरेड माधवकुमार नेपालले उम्मेदवारका लागि आवश्यक मापदण्ड र प्रक्रियाबारे स्पष्ट गर्नुभयो । उहाँले उम्मेदवारी दिन या प्रस्ताव राख्न आग्रह गर्नुभयो । त्यहाँ कुनै कमरेडले पनि आफ्नो उम्मेदवारी दावा गर्नु भएन । सबैले अरू नै योग्य कमरेडको प्रस्ताव राख्नुभयो । विभिन्न कमरेडद्वारा मुकुन्द न्यौपाने, सलिम अन्सारी, सोहनप्रसाद चौधरी, हरिहर यादव र मेरो नाम प्रस्तावित भयो ।
चार क्षेत्र भएको बारामा १, २, र ४ मा जित्न सकिने सम्भावना थियो । ३ नम्बर क्षेत्र निकै कमजोर थियो । त्यसैले होला ३ नम्बर क्षेत्रमा चुनाव लड्न कोही तयार थिएन । त्यही क्षेत्रमा मेरो नाम सर्वसम्मत भयो । म मात्र २५\२६ वर्षको केटो थिएँ । संसद्को चुनाव लड्नेबारे कुनै सोच थिएन । चुनाव लड्ने स्रोत–साधन पनि थिएन । एक्कासि साथीहरूले मेरो नाम राखिदिएपछि मलाई टेन्सन हुन लाग्यो । त्यतिखेर संसद्को चुनाव मेरो अगाडि बोझ भएको थियो । मैले माधव कमरेडसँग अरू कसैलाई चुनाव लडाउन आग्रह गरँे । उहाँले मलाई उल्टै धैर्यपूर्वक अघि बढ्न सुझाव दिनुभयो । केही छैन अघि बढ्नोस् भन्दै ढाडस दिनुभयो । यस्तै हालत क्षेत्र नम्बर २ मा सोहन चौधरीको थियो । उहाँ पनि चुनाव लड्न मानिरहनुभएको थिएन ।
यसो आजकल हुने टिकटको मारामार हेराँै । पदका लागि भइरहेको खुट्टा तानातान हेराँै । अनि पार्टीभित्रको पुरानो सद्भावलाई सम्झाँै त ! ०७४ सालमा बाराका दुई निर्वाचन क्षेत्रबाट नाम आए पनि टिकटको मारामारमा म छाटिएँ । सामान्यतः आजकल चुनावमा टिकट त्यसपछि पद र सुविधाका लागि तँछाड–मछाड चल्छ । आफ्नै पार्टीमा, आफ्नै साथीहरूमा एकअर्कालाई सहन नसक्ने अवस्था छ । उपल्लो तहमा समेत बोलचाल बन्द भएको, एकअर्कालाई पछि पार्न जालझेल गरेको कुरा बाहिर आइरहेका छन् । अझ पार्टीको उपल्लो तहमै सधैँ आपसी कलह चलिरहेको छ । अब एकै ठाउँमा बस्न नसकिने भइयो भन्दै हेडक्वार्टरबाटै फुटका कुरा आउँदा सबैलाई दुःखी बनाइरहेको छ । यस्तो दुःखद अवस्थाले ०४८ साल ताकाको पार्टीको सद्भावपूर्ण निर्णय तथा कामरेडली प्रेमले मलाई आकर्षण गरिरहेको छ ।
आजकल अनौठो लाग्न थालेको छ । के सोचेर कम्युनिष्ट पार्टीमा जीवन समर्पण गरियो । के भोग्नुपरिरहेको छ । हिजो कम्युनिष्ट पार्टीमा आपसी प्रेम, सद्भाव मित्रता नै जीवन थियो । आज पार्टी विरोध, झगडा र तस्करी–मस्करीको अखडा हुँदै गएको छ । विचार ग्रहण गर्न बाँकी रहेका र संस्कार सिक्न थाती रहेका भुइँ कमरेडहरू मात्र होइन । माथि–माथि सर्वोच्च पदमा आसीन महामहिमहरूका आसपासमा रहनेहरूको स्वभावसमेत कहीँ–कतै कामरेडली देखिँदैन । उनीहरूबाट केवल सत्ताको दम्भ, आक्रामकता र अहं मात्र प्रदर्शन भएको देख्न र सुन्न पाइन्छ । कामको सुन्दर परिणाम आएको छैन । यसैले होला राजावादी र खाजावादीको चकचकी बढ्न थालेको देख्न पाइन्छ ।
यहाँ हिजोका कम्युनिष्ट आदर्श र चरित्रबारे चर्चा गर्न मात्र खोजिएको हो । ऊ बेलाका कमरेडहरू कति कम्युनिष्ट आदर्शले ओतप्रोत हुन्थे ? कमरेडहरूमा एकअर्काप्रति कति समर्पण हुन्थ्यो ? एकअर्काको पीडामा जोडिने र खुशीमा सहभागी हुने प्रचलन थियो । अहिले दुःखमा बिर्सने र खुशीमा झुम्मिने ठिमाहा संस्कृति हाबी हुँदै छ । सबभन्दा तल्लो वर्गलाई विश्वास गर्ने र उसैलाई क्रान्तिको अगुवा ठान्ने वैचारिक धरातलमा कम्युनिष्ट संस्कृति खडा भएको हो । यसले पुँजी र पदका आधारमा होइन विचार र सक्रियताका आधारमा कार्यकर्ता र नेताको मूल्यांकन गथ्र्याे । यही वर्गीय प्रेम, विचार र व्यवहारले आमजनतालाई कम्युनिष्ट आन्दोलनप्रति आकर्षित ग¥यो । कम्युनिष्ट पार्टीलाई आमजनतामा स्थापित ग¥यो ।
निर्वाचनको बेला उम्मेदवार छनोट गर्दा पनि उसको वर्ग, वैचारिक स्तर, लोकप्रियता र जनप्रियताको खोजी हुन्थ्यो । पार्टीको विचार दृष्टिकोण बोक्न सक्ने, सक्षम र परिवर्तनको नेतृत्व गर्न सक्ने योग्यतम उम्मेदवार खोजिन्थ्यो । आज अवस्था अलि फेरिएको छ । आज पार्टीमा विचार र विधिको ठाउँमा पदीय हैकम र रवाफ हाबी भएको छ । पार्टीका उम्मेदवार छान्दा पनि चुनाव जित्न सक्ने, गाँठ खर्च गर्न सक्ने, अनि नेताका लागि समेत खर्च जुटाइदिन सक्ने व्यक्ति खोज्ने प्रवृत्तिले प्रवेश गरेको छ । यसैको परिणाम पार्टीमा गलत चिन्तन र प्रवृत्ति हाबी हुँदै गएको छ । पार्टीभित्र कमाऊ–खाऊ खालका गैरकम्युनिष्टको औकात बढेको छ । नवउदारवादी तथा बुर्जुवाखाले चरित्रको भूमिका वृद्धि भएको छ । यसैले पार्टीमा बेथिति र विश्रृंखलता पनि बढिरहेको छ ।
यसैगरी पार्टीका नेताहरूबाट जनसरोकारका एजेण्डा भुल्ने क्रम शुरु भएको छ । गरिब–गुरूवा र दुःखी–पीडित नेपालीको पीडा बिर्सेर लहडवाज र प्रशंसकका तिलस्मी काम प्राथमिकतामा पर्न थालेको छ । सरकारको तीन वर्ष बितिसक्दा पनि कुनै जनपक्षीय र राम्रो नतिजा आएको छैन । अब बाँकी दुई वर्षमा कुनै विशेष चमत्कार हुने सम्भावना पनि देखिँदैन । यस्तोमा पार्टी र सरकारबीच तालमेल र संयोजन गरेर अघि बढ्नु आवश्यक थियो । उल्टै अहंकारपूर्ण तरिकाले पार्टी विभाजनको खेल शुरु गरेर देश र जनताको भविष्य बर्बाद गर्ने दुष्कर्म हुन थालेको खबर आउँदै छ । यस्तो खाले अत्यन्त दुःखद सन्दर्भको प्रचार स्वयं मूल नेतृत्वबाटै भइरहेको छ । यसले १९९० को दशकमा रूसी कम्युनिष्ट पार्टीका महासचिव मिखाइल गोर्वाचोव आफँैले रूसी महासंघको कम्युनिष्ट पार्टीको भविष्य समाप्त पारेको सम्झना दिलाउँदै छ ।
नेकपा जनताको ठूलो त्याग, तपस्या र बलिदानबाट स्थापना भएको पार्टी हो । यो नेपाली जनताको आशा र भरोसाले बहुमतप्राप्त पार्टी हो । नेकपाको सरकार जनताले आफ्नो ठानेको सरकार पनि हो । यसलाई कुनै व्यक्तिको स्वार्थमा डो¥याएर समाप्त पार्ने षड्यन्त्र भइरहेको छनक देखिँदै छ । कम्युनिष्ट पार्टीको सरकारबाट नेपाली जनताले न्याय प्राप्त गर्ने कुरालाई केवल सपना बनाइदिने खतरा बढिरहेको छ । हामी किन सबै आदर्श त्यागेर तुच्छ स्वार्थतिर आकर्षित हँुदै छाँै । केवल आदर्शका कुरा गरेर किन निर्दोष जनतालाई धोका दिन खोजिरहेका छौँ । अब पनि यथार्थ बोधसहित गम्भीर आत्मसमीक्षा गरेर किन समस्याको समाधान निकाल्न सक्दैनौँ ?
सत्तासीन नेतामा यति धेरै कुर्सी मोह किन देखिँदै छ ? किन अलिकति पनि त्यागको भावना आउँदैन ? किन केवल सत्ता स्वार्थमा डुबेर करोडौँ नेपालीको सपना बनेको पार्टीलाई एकताबद्ध बनाउने प्रयास गरिँदैन ? नेताहरूले अब पनि केही सेवक र केही परचक्रीको फोस्रो प्रशंसा र उक्साहटलाई बुझ्न सक्नुभएको छैन । किन युगको माग र जनचाहनालाई बुझ्न सक्नु भएन । अब पनि अन्तरसंघर्षमा अल्झिएर समस्या समाधान गर्न सक्नुभएन भने समयले पछि पारिदिनेछ । यसर्थ आपसी बाझाबाझमा रमाउन छाडेर त्यागको भावनासहित एकताबद्ध हुनुमा सबैको भलो हुनेछ । अझै पनि गम्भीर आत्मसमीक्षा गरेर सच्चिएनाँै भने नेकपाले पनि रूसी कम्युनिष्ट पार्टीको नियति भोग्न तयार हुनुको विकल्प देखिँदैन ।
रूसी कम्युनिष्ट पार्टीका अन्तिम महासचिव तथा राष्ट्रपति मिखाइल गोर्वाचोव वडो सनसनी मच्चाउँदै आएका थिए । उनले ग्लासनोस्त र पेरेस्तोईकालाई परिवर्तनकारी नारा बनाए । आफूले सोभियत रूसमा नयाँ युगको सूत्रपात गर्न ग्लासनोस्त ( पुनर्गठन) र पेरेस्तोईका ( पुनःसंरचना ) लाई अघि सारेको कुरा गरे । पार्टी र सरकारलाई भ्रष्टाचारमुक्त गर्ने र युगीन परिवर्तन ल्याउन यसको आवश्यकता रहेको कुरा गरे । आमजनतालाई देशमा चमत्कार हुनेवाला छ भन्दै चक्मा दिए । उनको चमत्कारी र गफाडी कार्यशैली हेरेर संसारभरिका बुर्जुवाले समेत भरपुर प्रशंसा गर्न थाले । शुरूमा आफूलाई कम्युनिष्ट भन्नेहरूले पनि प्रशंसा गरे । प्रशंसाको बलमा सुन्निएको गोर्वाचोवको नेतृत्व भित्रभित्रै खोक्रो भइसकेको थियो । त्यो तासको महलजस्तो एकै पटक गल्र्यामगुर्लुम ढल्यो । अन्ततः रूसमा कम्युनिष्ट पार्टीको पूर्ण विघटन र सोभियत सत्ताको विसर्जन भयो ।
एक जना सन्की नेताको दृष्टिकोण विहीनताले ७० वर्ष पुरानो सोभियत सत्ताको विघटन भयो । एउटा गैरजिम्मेवार शासकको विचार हीनता र इतिहासप्रतिको गद्दारीले संसारभरिका श्रमजीवी जनताको आस्थाको केन्द्र सोभियत सत्ता ध्वस्त भयो । देशको एउटा अहंकारी नेता वा शासकले गलत बाटो रोज्दा विश्व कम्युनिष्ट आन्दोलनले सर्वाधिक ठूलो धक्का खानुप¥यो । यसर्थ नेताहरूले कार्यकर्तालाई र शासकहरूले आमजनता र उनीहरूको चहानालाई बेवास्ता गर्दा स्थापित र बलियो सत्ता पनि चालै नपाई ढल्दो रहेछ । आस्था र विश्वास टुटेपछि पार्टीका करोडाँै कार्यकर्ता पनि तमासे बनिदिँदारहेछन् । हामी नेपालका कम्युनिष्टले पनि सोच्ने बेला आएको त होइन ? यतिखेर मलाई कमरेड माओ त्सेतुङको एउटा महान् वाणीको सम्झना आउँछ । ‘यदि दुस्मनले तिमीमाथि आक्रमण बढाउँदै लान्छ भने सोच’ तिमी ठीक ठाउँमा छौ’ । होइन दुस्मन तिम्रो प्रशंसा गर्दै छ भने बुझ’ अब चाँडै तिमी खाल्डोमा जाकिँदै छौ’ । चेतना भया !
टिप्पणीहरू