के मिल्दो, के अमिल्दो ?
प्रेमको आँखा हुँदैन, प्रेमलाई उमेरले छेक्दैन र प्रेमलाई कसैलाई रोक्न सक्दैन भनिन्छ । तरपनि हाम्रो देशको कानुनमा बाल बिबाह, अनमेल बिबाह (उमेर अन्तर) लाई बर्जित गरिएको छ । विशेषगरी महिलाको उमेरसँग स्वास्थ्य र सामाजिक पक्षलाई जोडेर उक्त व्यवस्था गरिएको बताइन्छ । सबै कुरालाई महिला सशक्तिकरणसँग जोडेर आँखा चिम्लिँदै जाने हो भने त्यसले अन्ततोगोत्वा हानी महिलालाई नै पुर्याउनेमा दुई मत छैन । त्यसोहुँदा कालान्तरमा त्यसको असर समाज र राष्ट्रलाई नै पर्ने हो ।
राज्यले ७० वर्ष कटेकालाई वृद्ध भत्ता दिने गरेको छ । अझ ८० वर्ष कटेकालाई त त्यसमा पनि एक हजार रूपैयाँ थपेर भत्ता दिने गरिएको छ । यो सबै व्यवस्था नागरिकको उत्तरोत्तर भविश्यको लागि सोचेर गरिएको हो । सुविधा र सहुलियत उत्तरोत्तरको असुल्ने तर व्यवहार पूर्वाद्र्ध उमेरको हुँदा उक्त विषय आलोच्य पनि बन्न थालेको छ । सबैले राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न सक्नुपर्छ । त्यसैले समाजमा विभिन्न नाम र बहानामा भइरहेका यस्ता अनमेल बिबाहले स्वयम् महिला अधिकारकर्मीहरूतर्फ पनि प्रश्न सोझिन थालेको छ ।
टिप्पणीहरू