५० केजी चरेशसहित च्याप्पै
सशस्त्र प्रहरी बलको विशेष सुराकी युनिटले आज साँझ पौने आठ बजे धादिङ्गको गल्छी गाउँपालिका–८ बस्ने दिपक मगरलाई ५० केजी लागूऔषध चरेससहित समातेर नेपाल प्रहरीको जिम्मा लगाएको छ ।
मोटरसाइकलमा राखेर बिन्दास पाराले चरेस बेच्न हिँडिरहेको अवस्थामा ३५ वर्षीय मगरलाई स्थानीय खयरघारीबाट सशस्त्रले पक्राउ गरेको हो ।
प्रहरी स्रोतका अनुसार मगरलाई आदमघाटमा केरकार गरेर बैरेनी प्रहरी चौकीमा शनिबार राती नै बुझाउने तयारी छ ।
टिप्पणीहरू