१ बजे यो बैठक, २ बजे त्यो बैठक

१ बजे यो बैठक, २ बजे त्यो बैठक

आज दिउँसो १ बजे धुम्बाराहीमा बोलाइएको नेकपा स्थायी समितिको बैठक प्रधानमन्त्रीसमेत सामेल हुने भएपछि बालुवाटार सारिएको छ । यो बैठक लामो समय जान्न किनकि दुई बजेलाई सँस्कृत विश्वबिध्यालयको अर्को बैठक त्यहीँ निर्धारित छ । केन्द्रीय समिति सदस्य एवम् पूर्व सांसद तथा पूर्व राजदूत कमानसिंह लामाको निधनमा शोक प्रस्ताव पारित गरेर केही दिनलाई बैठक स्थगित गर्ने तयारी छ ।

लामाको निधनलगत्तै गत साता पार्टीले वक्तव्य जारी गरिसकेको छ । यसबीच दुई जना अध्यक्षले समेत छुट्टाछुट्टै वक्तव्य निकालेर शोक सन्तप्त परिवारमा समवेदना व्यक्त गरिसक्नु भएको छ । बहालरत केन्द्रीय समिति सदस्यको निधनमा स्थायी समितिको चालु बैठकले शोक प्रस्ताव पारित गर्नैपर्छ ।

तर, प्रस्ताव पारितलगत्तै जारी बैठक नै रोक्ने विषय कति उचित होला ? बैठक रोक्ने पद्दति संसदको अधिवेशन अवधिमा मात्र प्रयोग हुँदै आएको बताइन्छ ।

टिप्पणीहरू