कीर्तिपुरमा क्रोध प्रदर्शन
त्रिभुवन विश्वविद्यालय समाजशास्त्र केन्द्रीय विभागमा अध्यापनरत प्राध्यापक तथा अध्ययनरत विद्यार्थीहरूले सोही विभागका उपप्राध्यापक प्रेम चलाउनेमाथि भएको सांघातिक आक्रमणमा संलग्नहरूलाई कारबाहीको माग राखी आज बिरोध प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरूले ६८ दिनअघि चलाउनेमाथि विश्वविद्यालय हाताभित्रै भएको सांघातिक हमलामा संलग्न विद्यार्थीहरूलाई कडा कारबाहीको माग गरेका हुन् ।
विश्वविद्यालयको घडी भवन अगाडिबाट शुरु भएको प्रदर्शन उपकुलपति कार्यालय प्राङ्गणमा पुगेर कोणसभामा परिणत भएको थियो । सभालाई विश्लेषक तथा पूर्व सांसद श्याम श्रेष्ठ,उपप्राध्यापक गुमानसिङ खत्री,अनेरास्ववियु त्रि.वि.समितिका संयोजक लोकेन्द्र ऐरलगायतले सम्बोधन गरेका थिए ।
उनीहरूले दुई महिनासम्म पनि अभियुक्तहरूलाई पक्राउ र आवश्यक कारबाही नगरिनुले प्रशासनको क्षमता र विश्वसनीयतामाथि नै प्रश्नचिन्ह उठेको बताए । प्रदर्शनकारीहरूले विश्वविद्यालय क्षेत्रलाई सुरक्षित र मर्यादित बनाउन माग गरेका थिए ।
टिप्पणीहरू