विश्वका कम्युनिष्ट किन ओरालो ?

विश्वका कम्युनिष्ट किन ओरालो ?

– प्रेमराज सिलवाल

समाजवादी सत्ता निर्माणको महान लक्ष्य राखेर कम्युनिष्ट दर्शन र मान्यता अघि सारेका कम्युनिष्टहरू आफ्नै कारण सखाप हुँदैछन् ।

सन् १९८९ मा सोभियत कम्युनिष्ट सत्ता ढल्दा मस्कोको सडकमा एक जना पनि बचाउन निस्केनन् । अत्याचार र अनावश्यक दमन एवं घमण्डको परिणाम थियो त्यो । रुसमात्र होइन पूर्वी युरोपका अन्य कम्युनिष्ट मुुलुकमा समेत माक्र्सको नाममा ज्यादती भयो ।

फ्रान्समा सन् १८७१ को सत्ता ७२ दिनमै ढलेको थियो । क्युबामा भने सन् १९६० को समाजवादी क्रान्तिका नायक फिडेल क्रास्त्रो (१९२६–२०१६) नेतृत्वको कम्युनिष्ट सत्ता आजसम्म टिकेको छ ।

चीनमा सन् १९४९ मा ल्याइएको जनवादी सत्ता आफ्नै मोडेलले टिकिरहेको छ । सन् १९७५ देखि सन् २००९ सम्म छिमेकी भारतमै पनि कलकत्ताको सत्तामा रहेको माक्र्सवादी कम्युनिष्ट पार्टी अहिले भारतभर नै अस्तित्वविहीन भएको छ ।

बोलिभियामा सन् १९५० मा कम्युनिष्ट पार्टी गठन भएको हो । सो पार्टी सन् २००३ मा ध्वस्त भयो । चे ग्वेभाराजस्ता विश्व चर्चित क्रान्तिकारीले शहादत भोगेको बोलिभियामा सडकमा जुत्ता सिउने सार्की मजदुर नेता र माक्र्सवादी–लेनिनवादी सर्वहारावादी पार्टीको नेता बन्यो । त्यस्तो कम्युनिष्ट नेता राहुल गोन्जालेज सत्तामा पुगेपछि यति भ्रष्ट भयो कि जनताले घेरा हालेर मार्नुपर्ने अवस्था आयो । उसकी श्रीमतीको जुत्ता मात्र ३ सय जोर भेटियो ।

मलेसियामा सन् १९३० मै गठित मलेसियन कम्युनिष्ट पार्टी सोभियत सत्ता ढलेसँगै सन् १९८९ मा विघटनको अवस्थामा पुग्यो । दोस्रो विश्वयुद्धमा समेत भूमिका भएको सो पार्टीको मूल नारा वर्कर्स अफ द वल्र्ड (विश्वको कामदार पार्टी) भन्ने रहेको थियो । त्यस्तो मुुलुकमा अहिले एउटा पुँजीवादी पार्टीको सरकार छ ।
सन् १९३० मा गठित पेरुको कम्युनिष्ट पार्टी अस्तित्वको संकटमा छ । अन्य पार्टीसँग मिलेर केही सिटमा मात्र अस्तित्व जोगाएर बसेको छ ।

यसरी विश्वका शक्तिशाली पार्टीहरू एकपछि अर्काे गर्लाम्म–गुर्लुम ढल्न पुगेका छन् । नेपालमा सन् १९४९ अप्रिल २२ मा गठित कम्युनिष्ट पार्टी विभिन्न टुक्रामा विभाजित हुँदै फेरि जुटेको त छ तर कहिले फुट्ने हो टुंगो छैन ।
आज विश्वमा कम्युनिष्ट सत्ताहरू ढल्दै गएका छन् । चीनको आफ्नो विशिष्ट प्रणाली र विशाल मुलुक भएकाले टिकेको छ । फेरि उसले आर्थिक उन्नतिलाई मूल नीति बनाएको देखिन्छ । क्युबामा पनि असल शासनले टिकेको छ । यो माक्र्सवादी विचार र नारामा मात्र सत्ता टिक्दैनन् भन्ने उदाहरण हो । क्युवामा एउटा ठूलो अन्तर्राष्ट्रिय सम्मेलन हुँदै थियो । राजधानी हवानामा पत्रकार, बुद्धिजीवीहरू भेला भएका थिए । एउटा पत्रकारले तत्कालीन राष्ट्रपति फिडेल क्यास्त्रो (१९२६–२०१६) लाई सोध्यो, ‘महामहिमज्यू, हजुरको देशको सुपरमार्केटमा त एउटा अत्तर (सेन्ट) पनि किन्न पाइने रहेछ ?’ क्यास्त्रोले जवाफ दिए–‘हाम्रो मुलुकका प्रत्येक बालबालिकाका लागि राज्यले एक लिटर दूध दैनिक निःशुल्क उपलब्ध गराउने गरेको छ, त्यो दूध कसैले नपाएको छ भने भन्नुस् ।’ यस्तो जवाफ सुनेर पत्रकारहरूले भनेछन्, ‘समाजवादी सत्ता भनेको यस्तो हुनुपर्छ । त्यसैले क्युवामा कम्युनिष्ट टिक्न सक्यो । संसारबाट कम्युनिष्ट सत्ता बिदा भए पनि त्यहा“ एकछत्र राज गरेको छ । जबकि सन् १९६० देखि अमेरिकाले क्युवामाथि आर्थिक नाकाबन्दी लगाइरहेको छ । सत्ता जनताको हुन सक्यो भने कम्युनिष्ट टिक्ने रहेछ । नत्र विश्वबाट सखाप भएजस्तै नेपालमा हुन के बेर ?

टिप्पणीहरू