बझाङ्ग र मुस्ताङ्गबाहेक सबैतिर काङ्ग्रेस उर्लियो

बझाङ्ग र मुस्ताङ्गबाहेक सबैतिर काङ्ग्रेस उर्लियो

ओली सरकारको बिरोधमा नेपाली काँग्रेसले हिजो देशव्यापी रूपमा आयोजना गरेको प्रदर्शन सुदूर पश्चिमको बझाङ्ग र गण्डकीको मुस्ताङ्ग जिल्ला सदरमुकामबाहेक पचहत्तरै जिल्लामा सम्पन्न भएको छ । धेरथोर कार्यकर्ताको सहभागितामा भएका प्रदर्शनहरूमध्ये गण्डकी प्रदेशको पर्वतमा केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीको नेतृत्वमा झण्डै ६ सय जना र बागलुङ्गमा ५ सय जनाको उपस्थिति थियो ।उता, म्याग्दीमा पूर्व सभासद रेशम बानियाँको नेतृत्वमा करिव ७ सय जना,तनहुँमा केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालको नेतृत्वमा झण्डै ५ हजार जना,कास्कीमा केन्द्रीय सदस्य अर्जुननरसिंह के.सी. को नेतृत्वमा करिव तेह्र सय जना,गोरखामा केन्द्रीय सदस्य टोकेन्द्रनाथ गिरीको नेतृत्वमा १ हजार ५ सय जना,लमजुङ्गमा जिल्ला सभापति भेषबहादुर पौडेलको नेतृत्वमा १ हजार जना,पूर्वी नवलपरासीमा केन्द्रीय सदस्य कल्याण गुरुङ्गको नेतृत्वमा २ हजार जना,स्याङ्जामा पूर्व सभासद धनराज गुरुङ्गको नेतृत्वमा झण्डै २ हजार जना र मनाङ्गमा जिल्ला उपसभापति यज्ञप्रसाद घलेको नेतृत्वमा एक सय जनाको सहभागितामा बिरोध कार्यक्रम भएको जिल्ला सम्बाददाताहरुले रिपोर्ट पठाएका छन् ।

त्यसैगरी लुम्बिनी प्रदेशको कपिलवस्तुमा जिल्ला सभापति सुरेन्द्रराज आचार्यको नेतृत्वमा ६ सय जना,रूपन्देहीमा जिल्ला सभापति अब्दुल रजाकको नेतृत्वमा १ हजार ५ सय जना,प्युठानमा जिल्ला उपसभापति बद्री लम्सालको नेतृत्वमा २ सय जना,बर्दियामा केन्द्रीय सदस्य डा. गोपाल दहितको नेतृत्वमा १ हजार जना,पाल्पामा जिल्ला सभापित वीरबहादुर रानाको नेतृत्वमा २ सय ५० जनाको नेतृत्वमा भेला भएका प्रदर्शनकारीले सदरमुकाममा बिरोध गरेका थिए ।

अर्घाखाँचीमा संघीय संसदकी सचेतक पुष्पा भुसालको नेतृत्वमा झण्डै ५ सय जना,दाङ्गमा जिल्ला सभापति कीर्तिबहादुर खड्काको नेतृत्वमा ६ सय जना,पश्चिम नवलपरासीमा केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलको नेतृत्वमा ५ सय जना,गुल्मीमा जिल्ला सभापति भुवन श्रेष्ठको नेतृत्वमा ५ सय जना,बाँकेमा जिल्ला सभापति किरण कोइरालाको नेतृत्वमा ५ सय जना,रुकुम पूर्वमा जिल्ला सचिव भीमबहादुर खड्काको नेतृत्वमा डेढ सय जना र रोल्पामा पार्टीका केन्द्रीय सदस्य अमरसिंह पुनको नेतृत्वमा दुई सय जनाले बिरोध गरेको बताइएको छ ।

बिरोध प्रदर्शनको क्रममा कर्णाली प्रदेशअन्तर्गत सुर्खेतमा पूर्व केन्द्रीय सदस्य शिवराज जोशीको नेतृत्वमा ५ सय जना,डोल्पामा केन्द्रीय सदस्य कर्ण बुढाको नेतृत्वमा २ सय जना,हुम्लामा केन्द्रीय सदस्य जीवनबहादुर शाहीको नेतृत्वमा ३ सय जना, दैलेखमा जिल्ला उपसभापति ऋचा शाहीको नेतृत्वमा १ हजार जना र जाजरकोटमा केन्द्रीय सदस्य हृदयराम थानीको नेतृत्वमा २ सय जनाले बिरोध प्रदर्शन गरेका थिए ।

कालिकोटमा जिल्ला सभापति हर्षबहादुर चन्दको नेतृत्वमा डेढ सय जना,मुगुमा जिल्ला सभापति खड्ग शाहीको नेतृत्वमा अढाई सय जना,सल्यानमा जिल्ला सभापति गणेश चन्दको नेतृत्वमा ५ सय जना,जुम्लामा दिलबन्धु कुँवरको नेतृत्वमा ५ सय जना र पश्चिम रुकुममा जिल्ला सभापति प्रेमप्रकाश पुनको नेतृत्वमा ५ सय जनाको उपस्थितिमा बिरोध प्रदर्शनको कार्यक्रम भएको जनाइएको छ ।

सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा आयोजित बिरोध प्रदर्शन कार्यक्रममध्ये बैतडीमा जिल्ला सभापति नरेन्द्र थापाको नेतृत्वमा अन्दाजी ४ सय जना,कैलालीको धनगढीमा केन्द्रीय सदस्य गगन थापाको नेतृत्वमा ६ पाँच सयदेखि ७ हजार जना,डडेलधुरामा जिल्ला सभापति कर्ण मल्लको नेतृत्वमा ५ सय जना,डोटीमा जिल्ला सभापति वीरबहादुर बलायरको नेतृत्वमा १ हजार जना र दार्चुलामा जिल्ला सभापति ललितसिंह बोहराको नेतृत्वमा ३ सय ५० जनाको सहभागिता रहेको थियो ।

त्यसैगरी,अछाममा पूर्वमन्त्री एन.पी साउदको नेतृत्वमा ६ सय जना,कञ्चनपुरमा केन्द्रीय सदस्य प्रदीप पौडेलको नेतृत्वमा ४ हजार जना र बाजुरामा जिल्ला सभापति कविराज पाण्डेको नेतृत्वमा १ हजार ५ सय जनाले बिरोध गरेका थिए ।

टिप्पणीहरू