राजा आऊ, ओली बचाऊ
अहिले देशैभरि राजा आऊ देश बचाऊवालाहरूको जगजगी छ । यी राजा आऊवालाहरू किन यसरी अचानकै देशभरि फैलिए भन्नै नसकिने अवस्था छ । अहिले देशमा कि कोरोना फैलिरहेको छ, कि राजावादी । अरु त जम्मै सुकिरहेको अवस्था छ ।
तर राजा आऊवालाहरू अहिले जतिसुकै कराए पनि यिनीहरूले राजालाई बचाउलान् जस्तोचाहिँ पटक्कै लाग्दैन । बरु यिनीहरूले राजालाई होइन प्रधानमन्त्री केपी ओलीलाई चाहिँ पक्कै बचाउलान् कि जस्तो लागिरहेको छ । किनभने ओलीले देशमा राजावादीहरूको प्रभाव धमाधम बढिरहेको छ है भनेर प्रारम्भिक चेतावनी दिइसक्नुभएको छ ।
राजावादीहरूको प्रभाव बढ्न थालेपछि त्यसलाई रोक्नैको लागि भए पनि गणतन्त्रवादीहरू एकजुट हुनै प¥यो । कांग्रेस–कम्युनिष्ट एक हुनै प¥यो । कम्युनिष्ट–कम्युनिष्ट त झनै एक हुनुप¥यो । नेकपा–नेकपा त झनै एक नभइनहुने अवस्था छ । त्यसैले यस्तो अवस्थामा कोही पनि लड्नु हुँदैन । पद भनेको त छँदैछ नि † सबैभन्दा पहिले त गणतन्त्रलाई बचाउनु प¥यो । गणतन्त्र भए न पद पनि हुने हो । गणतन्त्रै सिद्धियो भने पद कहाँबाट आउँछ ? त्यसैले झैंझगडा नगरौं साथी हो !
यदि पार्टीले यति कुरा मनन गर्न सक्यो भने ओली त बचिहाल्नु भो नि † कसले भन्छ उहाँलाई राजीनामा देऊ भनेर । यस्तो बेला जसले उहाँको राजीनामा माग्छ त्यो त राजावादी हुन्छ । राजीनामा माग्नै हुँदैन । अनि बच्नुभएन त ओली ?
टिप्पणीहरू