गम्भीर मुद्दाको पालो छैन

गम्भीर मुद्दाको पालो छैन

सरकारको सिफारिशमा राष्ट्रपतिद्वारा मंगलबार जारी संवैधानिक परिषद् सम्बन्धी अध्यादेश बिरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको आज इजलास तोकेपनि बहसको लागि पालो आएन ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले पुस २ गते र अधिवक्ता ओमप्रकाश अर्यालले पुस १ गते दायर गरेको उक्त रिटमाथिको छलफल अब केही दिनको लागि पर धकेलिएको हो ।
सभामुख अग्नि सापकोटाविरुद्धको जनयुद्धकालीन मुद्दामा पनि आज पालो नआएको बताइन्छ । यो मुध्दा मानवअधिकारवादी कनक दीक्षित र सुशील प्याकुरेलहरुले हालेका हुन् ।

टिप्पणीहरू