राष्ट्रपति सिंहदरबारको अनौपचारिक भ्रमणमा
राष्ट्रपति रामचन्द्र पौडेल आज दिउँसो सिंहदरबार पुग्नुभएको छ । उहाँ दिउँसो साढे २ बजेको समयमा सिंहदरबारको पूर्वी गेटबाट भित्र छिर्नुभएको बताइएको छ ।
राष्ट्रपति पौडेल सिंहदरबारभित्र निर्माणाधीन संघीय संसद भवनको अवलोकनमा जानुभएको बुझिएको छ । सवा २ बजेको समयमा शीतल निवासबाट अनौपचारिक रुपमा निस्कनुभएको उहाँ सिंहदरबारको पूर्वी गेटबाट करिब ४५ मीनेटपछि बाहिरिनुभएको हो ।
अनामनगर, घट्टेकुलो हुँदै उहाँ साढे ३ बजे शीतल निवास छिर्नुभएको हो ।
तस्बिरहरु
टिप्पणीहरू