राँगोलाई एकचोटीमा दुई हजार !
गाउँघरमा मान्छे मात्र होइन गतिलो घरपालुवा पशुपंक्षीको पनि अभाव देखिन थालेको छ । जाजरकोटको भेरी नगरपालिकामा एउटा मात्र ब्याडे राँगोका कारण भैंसी पाल्ने कृषकहरू मर्कामा पर्न थालेका छन् । नगरपालिका–२,टिमुरचौरका दिपक खड्काले राँगो खोजेको भैंसील्याउँदा जोसुकै किसानले दुई हजार समेत साथमा ल्याउनुपर्ने भन्दै सूचना नै जारी गरेका छन् ।
उनले मंसिर २८ गते जारी गरेको सूचनामा भनेका छन् ‘रिसाड,नेटा,बाहुनथान,पुरानोरिसाङ्ग,स्याललगायतका ठाउँमा भैंसी पाल्ने व्यक्तिहरूलाई सेवा दिँदै आएकोले यहि पुस १ गतेदेखि भैंसीलाई राँगो लगाउन आउने व्यक्तिले शुरुमै दुई हजार ल्याएपछि मात्र राँगो फुकाइने छ ।’
टिप्पणीहरू