राजा खोज्दै राप्रपा
राष्ट्रिय प्रजातन्त्र पार्टी ललितपुर जिल्ला कार्यसमितिले हिन्दू राष्ट्र र राजसंस्था पुनस्र्थापनाको माग गर्दै शुक्रबार बृहत मोटरसाइकल र्यालीको आयोजना गरेको छ । कार्यसमितिका अध्यक्ष अष्टबहादुर महर्जनको नेतृत्वमा निकालिएको र्याली कुपण्डोलको बागमती कोरिडोरबाट शुरु भएर लगनखेल पुगी कोणसभामा परिणत भएको थियो ।
र्यालीमा नेपाली जनता के भन्छ ? राजतन्त्र ले भन्छ,संघीयता खारेज गर,संघीयताधोका हो,हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ जस्ता नारा घन्काइएको थियो । र्यालीमा झण्डै तीन सय जनाको भागिता रहेको बताइएको छ ।
फोटोः फाईल
टिप्पणीहरू