युवतीले लिफ्ट माग्लान्

युवतीले लिफ्ट माग्लान्

युवतीलाई लिफ्ट दिँदा एकजनाले हिजो ६ तोलाको सुनको सिक्री, २ थान मोबाइल, रेबन चस्मा र ७ हजार नगद गरी छ लाख पैंतिस हजार बराबरको सम्पत्ति गुमाएका छन् ।

सिन्धुली कमलामाई न.पा. वडा नं २ बस्ने भोलाबहादुर जर्घामगरलाई रत्नपार्कबाट कलंकी जान खोजेकी एक युवतीलाई लिफ्ट दिएको, निजले कालिमाटी पुगेपछि चोभारसम्म पुर्याउन गरेको अनुरोध मानेकोमा चोभारमा कुरेर बसेका अन्य व्यक्तिले रडले हानेर नियन्त्रणमा लिएको बताइन्छ ।

युवतीसँग मिलेर युवक लुट्नेमध्ये काठमाडौं स्युचाटार बस्ने वर्ष ४९ को लालबहादुर श्रेष्ठ ‘सागर’ लाई प्रहरीले समातेको छ । दोलखा,शैलुङ गाउँपालिका–३ का स्थायी वासिन्दा श्रेष्ठलाई हाल महानगरीय प्रहरी परिसर ललितपुरमा राखिएको छ ।

टिप्पणीहरू