पार्टी फुट्यो, अध्यक्षको दिल टुट्यो
नेकपा धादिङ जिल्ला कमिटीका अध्यक्ष नेत्र पौडेलले सामाजिक सञ्जालमा लामो स्टाटस लेखेर राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन् । गत आमनिर्वाचनमा धादिङ निर्वाचन क्षेत्र नं. १ (क) बाट प्रदेशसभा सदस्यको टिकट पाए पनि पछि पार्टीभित्रको भागबण्डा मिलाउने नाममा ओली पक्षले उनलाई उम्मेदवारी फिर्ता लिन लगाएको थियो ।
नेकपाको धादिङ जिल्ला इञ्चार्ज बागमती प्रदेश सरकारबाट भर्खर राजीनामी दिई मुख्यमन्त्री डोरमणी पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका आन्तरिक मामिला मन्त्री शालिकराम जम्कट्टेल हुन् भने कमिटीको अध्यक्षमा तत्कालीन एमालेको तर्फबाट भूमि त्रिपाठी,सचिवमा माओवादीका विजय र सहइञ्चार्जमा खेम लोहनी थिए । भूमि संघीय संसदको माननीय बनेपछि जिल्ला कमिटी सदस्य रहेका पौडेललाई कार्यवाहक अध्यक्ष दिइएको थियो । आइतबार बिहानै सामाजिक सञ्जालमा लामो स्टाटस लेखेर पौडेल मोबाइल अफ गरी सम्पर्कविहीन बनेका हुन् ।
उनको स्टाटसमा लेखिएको छ ‘…..सबै अगुवा गल बोकेर घरको चार सुरमा पुगे । बिना मोलाहिजा जगको ढुङ्गा निकाले । हेर्दाहेर्दै घर गर्लम्म ढल्यो । अब फेरि नयाँ अलग अलग घर बनाउन लडेका छन् । घरका काम लाग्ने सामान क-कसले जम्मा गरेको हो, आआफ्नो पट्टी थुप्रो लगाउने होड शुरू भएको छ ….।’
पौडेलको स्टाटस
जीवनको पिड़ादायी निर्णय :
सुन्दर र पक्की घर निर्माण गर्ने दृढ़ अठोटका साथ धेरै नवजवान हरू बर्षौ देखी अहोरात्र खटे । कसैले काठ काटे , कसैले ढूँगा जुटाए , कसैले इट्टा बनाए , कसैले रड सीमेण्टको जोहो गरे ,कतीले कर्मी कामको तालीम लिए ,कतीले सेनिटरी सामान ल्याए ।
सबै सामान एक ठाऊमा जम्मा भयो प्राविधिक ईस्टमेट गरियो सबै सामान बाट एउटै घर बनाए कम्पाउंड वाल सहित सुरक्षित र बलियो घर बन्ने तर धेरै घर बनाउन खोजे सबै अधुरो हुने निष्कर्ष आयो ।
सबै सामाग्री एउटै घरको लागी लगाउने निर्णय भयो । सोचे जस्तै कंपाउंड वाल सहितको घर निर्माण भयो । सबै अगुवा हरूले आ-आफ्नो कोठा लिए । श्रमिक हरूको थाक थलोको टुंगो लागदै थियो । कोठा रोजी सकेकाले एक अर्काको कोठा हेरे आफ़्नो भन्दा तिम्रो राम्रो र सुबिधा सम्पन्न रेछ साटफेर गर्नु पर्यो भन्ने बीबाद शुरू भयो
सबै आ-आफ़्ना अडानमा डग्मगाएनन । सबै अगुवा गल बोकेर घरको चार सुरमा पुगे । बिना मुलाहिज़ा जगको ढूँगा निकाले । हेर्दा हेरदै घर गर्लम्म ढल्यो ।
अब फेरी नया अलग अलग घर बनाउन लड़ेका घरका काम लाग्ने सामान क़सक़सले जम्मा गरेको हो आआफ्नो पट्टी थूप्रो लगाउने होड़ शुरू भएको छ । त्यो तानातानमा अझै कती सामान नस्ट हुने हुन कुनै ठेगान छैन । मन दुखेको छ , अहिले सम्मको दुःख समाप्त भएको छ । फेरी अर्कों घर निर्माण गर्न मनले कत्ती पनी मानी रहेको छैन ।
घर नबनाए ओडारको बास हुने क़ुरा राम्ररी बुझेको छु । तर मन बरू तेसै गर्न घर लडेकै दिन देखी तयार थियो । आज सम्म मनलाइ अन्तिम निर्णय लीने मौक़ा दिए । अन्तिम पटक पनी मनले भन्यो बरू ओडारमा बस । फेरी पनी गल सुरक्षित छन तेरो श्रमको सुरक्षित हुने कुनै ज्ञारेन्टी छैन । जब मन नै अगाड़ी लागदैन भने तनमात्र लिएर हिडनु मन हुनेकालागी पनी घातक हुन्छ ।
नया घर बनाउने जिम्मा नया पुस्ताको काधमा छाड्दई यो अभियान बाट अलग रहने निर्णय गरे । आफ़्ना सहयात्रीहरू संग नाई /हुन्न भन्न नसक्ने कमजोरीका कारण क़ेही समय सम्पर्क बाहिर हुने छु । यस विषयमा सम्मझाऊने क़ुरा गरेर समयको बर्बादी नगरी आ-आफ्नो योजनामा लाग्नु होला ।
राजनीतिक सहयात्राको दौरान साथ सहयोग गर्नु हुने सबै प्रति आभार व्यक्त गर्दै अन्य सामाजिक यात्रामा भेट हुने नै छ ।यस निर्णयले कसैको भावनामा चोट पुगेमा क्षमा प्रार्थी छु ।……,..
टिप्पणीहरू