गृहले बनायो चुनावी रणनीति कमिटी
गृहले चुनावी रणनीति तयार गर्न शान्तिसुरक्षा महाशाखा हेर्ने मन्त्रालयका सहसचिव चक्रबहादुर बुढाको संयोजकत्वमा आइतबार समिति गठन गरेको छ । समितिमा नेपाली सेना,नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र चारवटै सुरक्षा निकायको प्रतिनिधि राखिएको छ ।
समितिले अब निर्वाचनको लागि आवश्यक पर्ने सबै लजिस्टिक र स्रोत व्यवस्थापनको बारेमा छलफल गरेपछि निश्कर्षसहितको प्रतिवेदन निकाल्ने बताइएको छ । मन्त्रालयले यसअघि १२ वटा जिल्लामा प्रमुख जिल्ला अधिकारीको हेरफेर गरेको छ । त्यसमा ७ जना सहसचिव र ५ जना उपसचिव हुन् ।
यसैबीच गृहमन्त्री रामबहादुर थापा बादलका सल्लाहकार सूर्य सुवेदी पथिकले मन्त्री बालुवाटारतिर लागेको भन्दै राजीनामा दिएका छन् । उनले बोर्ड झिकेर कोठा खालि गरी हिँडेको बताइन्छ । तर, मन्त्रीको सचिवालय र पिए भने हेरफेर भएको छैन । गृहसचिवले परिवर्तित अवस्थामा तत्काललाई विभाजनकारी धारणा र मानसिकता नबोकी काम गर्न कर्मचारीहरूलाई निर्देशन दिएको बुझिएको छ ।
टिप्पणीहरू