विकासमा अझै किन पुछारमा ?

०३३ सालमा प्युठान, सल्यान, रुकुम र दाङ जिल्लाका दुर्गम भूभाग कटाएर रोल्पा जिल्ला बनाइएको हो । छिमेकी जिल्ला दाङ, सल्यान, प्युठान र रुकुममा अस्पताल, क्याम्पस र सडकजस्ता अत्यावश्यक विकासका पूर्वाधार निर्माण भएको लामो समयपछि मात्रै रोल्पामा यी पूर्वाधार बनेका हुन् ।

सल्यान र प्युठानलाई ४५ प्रतिशत र दाङलाई ३५ प्रतिशत दुर्गम मान्दा रोल्पालाई ६५ प्रतिशत दुर्गम मानिन्थ्यो । रोल्पामा जागिर खान आउन नमान्ने कर्मचारीका लागि दुर्गम भत्ताले आकर्षण गथ्र्याे । लामो समयसम्म रोल्पाली हिँडेर दाङको कोइलावासवाट नुन बोकेर खान्थे ।

ईलावास पुगेर फर्कन हप्तौं लाग्थ्यो । औलो लागेर कति त बाटामै मर्थे । पञ्चायतका ३० वर्ष मात्रै हैन बहुदलका १ दशकसम्म बालाराम घर्तीमगरले रोल्पाको एकल र निरन्तर प्रतिनिधित्व गर्दै प्रधानमन्त्री र अर्थमन्त्री बाहेक सवै मन्त्रालयको अनुभव गरे । पञ्चायतको उत्तराद्र्धमा भालुवाङ प्युठान हुँदै रोल्पा जोड्ने सडकले अन्य जिल्लासँग रोल्पालाई जोडेको हो । अहिले यो सडक पक्की भएको छ । होलेरी, घोराही, बुढागाउँ, सल्यानजस्ता आधा दर्जन बढी सडकले रोल्पालाई छिमेकी जिल्लासँग जोडेसँगै रोल्पा अब क्रमशः सुगमतातर्फ उन्मुख भइरहेको छ ।

समय फेरिएसँगै रोल्पा पनि फेरिएको छ । २ वटा क्याम्पस चलेका छन् । २ दर्जन बढी उच्च मावि छन् । ५१ श्यैयाको जिल्ला अस्पताल बन्दै छ । कृषि क्याम्पस यसै वर्षदेखि शुरु हुँदै छ । सिटिईभिटीद्वारा सञ्चालित डिप्लोमा तहको कृषि पनि पढाइ हुँदै आएको छ । जिल्लाका सामुदायिक विद्यालयले इञ्जिनियरिङ, वन विज्ञान, पशु, कृषि विषयमा डिप्लोमा तहको पठनपाठन शुरु गरेका छन् ।

यति हुँदाहँुदै पनि रोल्पामा भएका जडीबुटी र खानीको उचित उपयोग हुन सकेको छैन । रोल्पामा सुनदेखि नुनसम्म खानी छन् । जेल्वाङमा स्थानीयले फलाम र तामा खानी उत्खनन गरी उपयोग गरिरहेका छन् । सुनछहरीबाट निस्कने सुन लुंग्री नदीमा चालेर धेरैको जीविका चलिरहेको छ । धवाङको सिसा खानी र चुनढुंगा खानीले हाम्रो सभ्यतालाई गिज्याइरहेका छन् ।

-दयाराम डाँगीबाट

टिप्पणीहरू