बस्नेतलाई सराप्नेबारे लेख्ने समातिएकोमा काङ्ग्रेसको बिरोध

बस्नेतलाई सराप्नेबारे लेख्ने समातिएकोमा काङ्ग्रेसको बिरोध

प्रधानमन्त्री केपी शर्मा ओलीका अति विश्वासपात्र तथा नेकपा ओली समूहका नेता महेश बस्नेतका बारेमा सामाजिक सञ्जालमा टिप्पणी गर्ने आफ्ना एकजना कार्यकर्ता समातिएकोमा नेपाली काङ्ग्रेसले आपत्ति जनाएको छ । बस्नेतबिरुद्ध सामाजिक सञ्जालमा मनपरी लेखेको भन्दै प्रहरीले बुधबार बाँके काँग्रेसका क्रियाशील सदस्य डिल्लीबहादुर चन्दलाई पक्राउ गरेको थियो । चन्दले बस्नेतको योजनामा केही महिनाअगाडि भएको ‘सांसद अपहरण’ को घटनावारे सामाजिक सञ्जालमा लेखेका थिए ।

नेपाली काँग्रेस बाँकेले बिहीबार विज्ञप्ती जारी गर्दै चन्दको गिरफ्तारीको बिरोध गरेको छ । ‘नेपाली काँग्रेसका क्रियाशील सदस्य नेपालगञ्ज उपमहानगरपालिका १८,निवासी डिल्लीबहादुर चन्दलाई सामाजिक सञ्जालमा करिब ७÷८ महिना अगाडि महेश बस्नेत,सर्वेन्द्र खनाललगायतको संलग्नतामा भएको सांसद अपहरणको विषयलाई लिएर टिप्पणी गरेको आधारमा पुस १४ गते राती डियुटीमा रहेको बेला गिरफ्तार गरी बेपत्ता पारिएको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’ विज्ञप्तिमा भनिएको छ ।

कांग्रेसले चन्दलाई अविलम्ब रिहा नगरे आन्दोलन गर्ने चेतावनीसमेत दिएको छ । गत बैशाखमा प्रधानमन्त्री ओलीले पार्टी विभाजन गर्न सजिलो हुने गरी अध्यादेश जारी गरेपछि काठमाडौँमा राजनीति गर्माएका बेला बस्नेत नेतृत्वको टोली रातारात मधेश झरेको थियो । उनीहरूले समाजवादी पार्टीका सांसद प्रदीप यादव र पूर्व स्वास्थ्य राज्यमन्त्री सरोज यादवलाई बर्दिबासबाट रातारात उठाएर पार्टी विभाजनको योजनामा फकाउँदै बालुवाटार पुर्याएको भनी समाजवादीका नेताहरूले बिरोध समेत गरेका थिए ।

टिप्पणीहरू