कल्कलाउँदाे छाेराे घाँटी रेटेर मार्ने अनि पूर्णिमाकाे ब्रत बस्ने ?
नेकपाका स्थायी कमिटी सदस्य तथा एमालेका निर्वाचित उपमहासचिव घनश्याम भुसालले प्रधानमन्त्री केपी ओलीले ७० बर्षपछि कम्युनिस्टले मात्रै नभई नेपालका राजनीतिक दलले पाएकाे अवसरलाई कुल्चिएकाे बताएका छन् ।
नेकपा (दाहाल -नेपाल पक्षधर) सिध्दार्थनगर कमिटीले भैरहवामा आयाेजना गरेकाे भेलामा बाेल्दै भुसालले भने, “हुर्किदै गरेकाे, कलकलाउदाे छाेराेलाई घाँटी रेटेर मार्ने अनि पूर्णिमाकाे ब्रत बसेर अर्काे छाेराे पाऊँ भन्ने ! ”
नेता भुसालले बहुमतीय सरकार ढालेर फेरि चुनावमार्फत बहुमत ल्याउँछु भन्नु गलत भएकाे बताए । उनले भने,”यतिबेला केपी ओलीबाहेक अरु काेहिले पनि संसद पुनर्स्थापना बेठीक छ भन्न सक्दैन ।”
“टेलिभिजनमा हेर्नुस्, भेटेर कुरा गर्नुस् । कसैले पुनर्स्थापना बेठीक भनिरहेको छ भने पनि त्यसले नक्कली कुरा गरिरहेकाे छ । उसकाे अनुहारले बताइरहेकाे छ कि ऊ सहि बाेलिरहेको छैन ।”
उनले अगाडि भने, “तपाईं हाम्रासामु दुई बाटाे छन् । एक संसद पुनर्स्थापना गरेर पार्टी एकता कायम गर्ने,देशमा स्थायित्व कायम गर्ने र अर्काे बाटाे संसद बिघटनकाे पक्षमा लागेर देशलाई बर्बादीतर्फ लैजाने,अस्थिरता निम्ताउने,संविधानकाे बिरुद्ध जाने । ”
भुसालले सचेत नागरिककाे हैसियतले देशलाई स्थायित्व दिन पनि संसद पुनर्स्थापना जरुरी रहेकाे बताए ।
उनले राजनीतिक नियुक्तिले क्रान्ति राेकिदैन भन्दै थपे, “पञ्चहरुले कति नियुक्ति गरे थाहै छ । केन्द्रीय सदस्य बाँड्दैमा क्रान्ति राेकिने भए सबैलाई केन्द्रीय सदस्य दिए भईहाल्याे नि ! ”
भेलामा नेकपा केन्द्रीय सदस्य हकिकुल्लाह खानले बिचार र सिद्धान्त भुलेर गरिने राजनीति मूल्यहिन हुने बताए । उनले भने, “यतिबेला देशले स्थिरता खाेजेकाे छ । तर ओलीजी फेरि चुनाव भन्दै हुनुहुन्छ । ”
नेकपा जिल्ला सचिव निर्मल जिसीले नेकपाकाे आधिकारिक पक्ष आफूहरु भएकाे बताउँदै जनतालाई घरघरमा पुगेर संसद पुनर्स्थापनाकाे बारेमा जानकारी गराउनुपर्ने बताए ।
नेकपा नगर अध्यक्ष चाेपलाल आचार्यकाे अध्यक्षता तथा सचिव जीवलाल अर्यालकाे सञ्चालनमा सम्पन्न भेलामा नेकपाका नगरस्तरीय नेता, कार्यकर्ताकाे उपस्थिति थियाे ।
टिप्पणीहरू