ट्रेड युनियनतिर बिभाजनको असर

पार्टी विभाजनपछि शक्ति सुदृढ गर्ने कसरतमा रहेको नेकपा (बहुमत)ले मंगलबार अखिल नेपाल ट्रेड युनियन महासंघ युवा कमिटीको भेला सम्पन्न गरेको छ । पार्टी कार्यालय कोटेश्वरमा सम्पन्न भेलाले अध्यक्ष निशान पन्थको नेतृत्वमा ३१ सदस्यीय कार्यसमिति बनाएको हो ।
कार्यसमितिको उपाध्यक्षमा राजीव गिरी र सुनिता कट्टेल रहेका छन् । महासंघले बुधबार इन्द्रेणी ब्याङ्केटमा एक कार्यक्रमको आयोजना गरी पूर्ण कार्यसमितिको नाम घोषणा गर्ने जनाएको छ ।
संसद विघटनपछि विभाजित नेकपाका दुवै पक्ष यतिबेला देशव्यापी कार्यकर्ता भेला र प्रशिक्षणमा जुटेका छन् । संसद विघटन गर्ने प्रधानमन्त्रीको कदमका विरुद्ध आन्दोलन चर्काइरहेको बहुमत (प्रचण्ड-नेपाल) पक्ष संघर्षका कार्यक्रमहरुमा केन्दृत छ भने रक्षात्मक बनेको ओली पक्ष अर्को समूहका नेता-कार्यकर्ता आफूतिर तान्ने दौडमा छ ।
आफ्नो पक्ष कमजोर बनेको आंकलनसहित प्रचण्ड-नेपाल पक्षका नेता-कार्यकर्ता चोर्ने ओली पक्षको रणनीति बुझेको बहुमत पक्ष पनि काउन्टर रणनीतिमा जुटेको बुझिएको छ ।

टिप्पणीहरू