बाटैमा कालोझण्डाले बिरोध

बाटैमा कालोझण्डाले बिरोध

बा २ झ ३६३३ नम्बरको गाडीमा जाजरकोटबाट फर्कदै गर्दा खानेपानी मन्त्री मणि थापालाई नेकपा प्रचण्ड नेपालनिकट अनेरास्ववियुका कार्यकर्ताले कालो झन्डा देखाएका छन ।

सरकारविरुद्ध अनेरास्ववियुले दोस्रो चरणको आन्दोलनअन्तर्गत बोहरा गाउँमा खानेपानी मन्त्री मणि थापालाई कालो झन्डा देखाएको हो।

सुर्खेत फर्कने क्रममा मन्त्री थापालाई भेरी नगरपालिका-४ बोहरामा आज बिहान अखिलका कार्यकर्ताहरुले कालो झण्डा देखाएका हुन् ।
मंगलबार केपी ओली निकट नेकपाले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्न उनी जाजरकोट आएका थिए ।

संसद् विघटन भएपछि खानेपानी मन्त्री नियुक्त भएका हुन् । सशस्त्र र नेपाल प्रहरीको एस्कर्टिङका वीच मन्त्री थापालाई कालो झण्डाले जाजरकोटको बिदाई गरेको बताईएको छ ।

टिप्पणीहरू