श्रीमान आफैले बेन्चमा बस्न मानेनन्, अर्को पेशी एक सातापछि

श्रीमान आफैले बेन्चमा बस्न मानेनन्, अर्को पेशी एक सातापछि

प्रतिनिधिसभा विघटन प्रकरणमा पूर्व महान्यायाधिवक्ता रमण श्रेष्ठको बहस सकिएपछि टी ब्रेकलगत्तै संबैधानिक इजलासमा वरिष्ठ अधिवक्ता शम्भु थापाले विघटन किन असम्बैधानिक छ भन्ने कोणबाट आफ्ना तर्क राख्नुभएको छ ।

सङ्गसङ्गै ओली सरकारको पूर्व महान्यायाधिवक्ता र हालका महान्यायाधिवक्ता अग्नि खरेलको समेत एकताका ल फर्म पार्टनर रहिसकेकोले हरिकृष्ण कार्की श्रीमानले स्वार्थ जोडिने यो मुद्दा कसरी हेर्न मिल्छ ? भन्ने कोणबाट कुरा उठेपछि च्याम्बरभित्र पस्नुभएका श्रीमानहरुमध्ये कार्की श्रीमानले इजलासमा आएर म यो बेन्चमा बस्दिन भन्नुभएको छ ।

अब अर्को बुधबार उहाँबाहेकको नयाँ बेन्च गठन भई त्यसले बल्ल सुनुवाइ थाल्नेछ । तर, सम्बिधान, कानून र मुलुकको समग्र अवयवहरु जोडिएको यति गम्भीर विषयको छिनोफानो पाँच सदस्यीय संबैधानिक इजलासले नै गर्ने हो या धेरैभन्दा धेरै न्यायाधीश सम्मिलित इजलासले गर्ने हो सो को भने अझै टुंगो लागिसकेको छैन ।

टिप्पणीहरू