छायाँदेवीले पोखरी मिचेपछि..

छायाँदेवीले पोखरी मिचेपछि..

नेवाः समुदायको पहिचान र भूमिसँग जोडिएको ठमेल भगवान बहालस्थित कमलपोखरीलाई मासेर बैंकर पृथ्वीबहादुर पाँडेहरुबाट छाँयादेवी कम्प्लेक्स बनाइएकोमा नेवाः समुदायले बिरोध जनाएको छ ।

गुथी विधेयकबिरुद्ध एकीकृत आन्दोलन,नेवाः राजनीतिक अभियान लगायत १४ वटा संघ संस्थाले जारी गरेको विज्ञप्तिमा नेवाः समुदायले काठमाण्डौं–२६, ठमेलस्थित उक्त पोखरीलाई ऐतिहासिक, सांस्कृतिक, धार्मिक एवम् पुरातात्विक सम्पदाको रूपमा मान्दै आएको उल्लेख छ । समुदायले धेरै अघिदेखिको पोखरीलाई पोखरीकै रूपमा कायम राख्नुपर्ने अभियान सञ्चालन गर्दै आएको थियो । तर, सोही स्थानमा छायाँदेवी कम्प्लेक्सको निर्माणपछि सर्वोच्चमा दायर गरिएको मुद्दा हालसम्म पनि विचाराधीन छ ।

यहि पुस १२ गते समुदायका अभियन्तालाई कम्प्लेक्समा व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीले दिएको धम्कीसहितको पत्रप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उनीहरूले उक्त व्यवहारलाई आदिवासी समुदायको हक अधिकारमाथिको हस्तक्षेपको रूपमा लिइएको जनाएका छन् ।

टिप्पणीहरू