जुम्लामा पनि बिभाजनको पीडा

जुम्लामा पनि बिभाजनको पीडा

जुम्लाका ८ वटा स्थानीय तहमध्ये चार वटा गाउँपालिकाको प्रमुख र उपप्रमुख दुवै पद जितेको नेकपा त्यहाँ पनि बिभाजित भएको छ । चन्दननाथ नगरपालिकामा प्रमुख नेपाली काँग्रेस र उपप्रमुख नेकपाका छन् ।

नेकपा नेताहरू दुई खेमामा विभाजित भएसँगै तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीबाहेक अरु सबै नेकपा (बहुमत) मा आबद्ध भएका छन् ।

रतननाथलाई भने नेकपा (ओली) ले केन्द्रीय समितिमा मनोननयन गरेको छ । नेकपाबाट निर्वाचित जुम्लाका बाँकी सबै जनप्रतिनिधिले  प्रचण्ड–नेपालतर्फ आफ्नो समर्थन कायम राखेका छन् ।

टिप्पणीहरू