बाघले बेपत्ता पारेकी महिलाको शव फेला

बर्दियामा बाघले मोटरसाइकलमा सवार एक महिलालाई शुक्रवार बेपत्ता बनाएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बर्दिया राष्ट्रिय निकुञ्जमा पर्ने अम्रेनी पोष्टदेखि ६ किलोमिटर पश्चिम कुँवाभार नजिक मोटरसाइकलमा सवार कैलालीको लम्किचुहा नगरपालिका–४ कि ५० वर्षीया नन्दकला थापालाई पाटे बाघले झम्टेर जंगलतर्फ लगेको हो । उनलाई बेपत्ता पारेको दुई दिन पछि उनको शव क्षतबिक्षत अवस्थामा फेला परेको छ ।

शुक्रबार राति करिब साढे ८ बजेतिर बाघले मोटरसाइकल सवार यात्रुमाथि आक्रमण गरेपछि हात्तीसहित निकुञ्जको टोली र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको टोलीले महिलाको शव भेटाएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए ।

 

टिप्पणीहरू