काठमाण्डौमा विप्लवका मान्छे कर्याप्पै

काठमाण्डौमा विप्लवका मान्छे कर्याप्पै

नेकपा विप्लवका एकजना कार्यकर्तालाई सोमबार दिउँसो २ बजे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान  ब्युरो (सीआईबी) र बिशेष ब्युरोले महाराजगञ्जबाट पक्राउ गरेको छ । विप्लव निकट ‘जनपत्रकार संगठन नेपाल’ का संयोजक शेरबहादुर बिक ‘दर्शन’ त्यसरी समातिएका हुन् । अछाम घर भएका उनलाई प्रहरीले बम बिस्फोट गराएको,प्रहरीको गस्ती टोलीमाथि बमप्रहार गरेको,जबर्जस्ती चन्दा असुली गरेको र राज्यविरुद्धको अपराधअन्तर्गत खोजी गरिरहेको थियो ।

पार्टी प्रतिबन्धित भएपछि अछामको रामारोशन गाउँपालिका,बाटुलासैनमा प्रहरी गस्तीमाथि भएको आक्रमणको क्रममा उनी घाइते भएका थिए । घाइतेपछि उनी लुकिछिपी काठमाडौंमा बस्दै आए । पार्टी प्रवक्ता खड्कबहादुर विश्वकर्मा निकट भएकै कारण जनपत्रकार संगठनका बहुमत सदस्यले बहिस्कार गर्दागर्दै पनि गत साता उनलाई संयोजक बनाइएको आरोप छ ।

टिप्पणीहरू