नेपालगञ्ज नर्सिङ क्याम्पसमा हाकिम नियुक्तिको तयारी
चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गत नेपालगञ्ज नर्सिङ क्याम्पसमा रिक्त प्रमुख नियुक्तिका लागि प्रक्रिया अघि बढाइएको छ ।
क्याम्पस प्रमुख नियुक्तिका निम्ति गठित छनौट समितिले आज सूचना जारी गर्दै आवेदन मागेको हो । त्रिभुवन विश्वविद्यालय संगठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम २०५० तथा त्रिवि सावधिक पदमा नियुक्तिका आधार र मापदण्डसम्बन्धी विनियम, २०८१ बमोजिम दरखास्त आह्वान गरिएको समितिले जनाएको छ ।
योग्यता पुगेका इच्छुक व्यक्तिले यही माघ ८ गतेसम्म महाराजगञ्जस्थित चिकित्साशास्त्र अध्ययन संस्थानको चौथो तलामा रहेको समितिको कार्यालयमा आवेदन दिन सक्नेछन् । उम्मेदवारको न्यूनतम योग्यता प्राध्यापक, सहप्राध्यापक वा उपप्राध्यापकको नियुक्ति तथा विश्वविद्यालयमा काम गरेको हुनुपर्ने छ ।
त्यस्तै, विश्वविद्यालयका सम्बन्धित अध्ययन संस्थान वा संकायसँग स्वार्थ बाझिने गरी कुनै पनि निजी शैक्षिक संस्थाहरुमा व्यक्ति संलग्न तथा परिवारको समेत लगानी नभएको–नगरेको स्वघोषणा गर्नुपर्छ । यससम्बन्धी विस्तृत जानकारी संस्थानको वेबसाइटबाट प्राप्त गर्न सकिनेछ ।
टिप्पणीहरू