महाकाली हिंड्यो सरकारी टोली
भारतले महाकाली नदीको धार परिवर्तन हुने गरी निर्माण गरेको बाँधले नेपाली भूमि मिचेको खबर बाहिरिएपछि सरकारले गृह, परराष्ट्र र नापीका प्रतिनिधि रहेको एउटा टोली आज त्यसतर्फ खटाएको छ ।
टोलीले सबै नक्सा बोकेर जाने र फिल्डमा भिडाउने बताइन्छ । स्रोतका अनुसार नक्साले के भन्छ ? साविकको सन्धिताका महाकालीको धार कता थियो त्यो हेर्ने ? अनि भारतले गर्न खोजेको के हो ? सबै कुरो समेटेर प्रतिवेदन पेश गर्न टोलीलाई कार्यादेश दिइएको छ ।
टोली हिजै त्यसतर्फ हिँड्ने कार्यक्रम थियो । तर गृह र परराष्ट्रको प्रतिनिधि नटुंगिएकाले कार्यक्रम रोकिएको बताइन्छ । टोलीमा नापीका तीनजना, गृह र परराष्ट्रका एक एक जना रहेको स्रोतले बताएको छ । जीपीएस हेर्ने, नक्सा भिडाउने लगायतका प्राविधिक काम गर्नुपर्ने भएकोले नापीबाट धेरैजना समावेश गरिएको हो ।
यसैबीच नापी विभागले आफ्नो सेवा प्रवाह अब अनलाईनबाट गर्ने गरी सफ्टवेयर बनाउने काम गरिरहेको बुझिएको छ ।
टिप्पणीहरू