सरकारलाई खबरदारी गर्न दुई सदस्यीय संयन्त्र

सरकारलाई खबरदारी गर्न दुई सदस्यीय संयन्त्र
सुन्नुहोस्

सरकारविरुद्ध साझा धारणा तय गर्ने विपक्षी दलहरुले दुई सदस्यीय कार्यदल बनाएका छन् । सिंहदरबारस्थित प्रमुख प्रतिपक्षी माओवादी केन्द्र संसदीय दलको कार्यालयमा आज बिहान बसेको बैठकले त्यस्तो निर्णय गरेको हो । 

कार्यदलमा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्त र एकीकृत समाजवादीका वरिष्ठ नेता डाक्टर वेदुराम भुसाल छन् । सरकारले भ्रष्टाचारीहरुलाई संरक्षण गरेको, संसद् छलेर अध्यादेश ल्याएको, अलोकतान्त्रिक गतिविधि बढाएको लगायतका विषयमा संयुक्त खबरदारी गर्न कार्यदलले साझा धारणा तयार गर्नेछ । साँझसम्म वक्तव्यको ड्राफ्ट तयार पार्ने र भोलि पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी छ ।

आजको बैठकमा  सरकारले संसद बैठक बोलाउन आनाकानी गरे विशेष अधिवेशन माग गर्ने विषयमा छलफल भएको बताइएको छ । बैठकमा माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, आम जनता पार्टी र नेपाल समाजवादी पार्टीका नेताहरु सहभागी थिए ।
 

टिप्पणीहरू