प्रधानमन्त्री पत्नीको कमलो मन

प्रधानमन्त्री पत्नीको कमलो मन

प्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्यले समता स्कुलमा अध्ययन गरेर स्वीट्जरल्याण्डस्थित एग्लोन कलेजमा छात्रवृत्ति पाएकी अस्मिता अधिकारीलाई भेटी ६० हजार रूपैयाँ सहयोग गर्नुभएको छ । राजधानीमा मासिक १ सय रूपैयाँ शुल्कमा विद्यार्थी अध्यापन गर्दै आएको समता विद्यालयबाट उतीर्ण अधिकारीलाई शाक्यले ल्यापटप र न्यानो कपडा खरिद गर्न उक्त रकम उपलब्ध गराउनुभएको हो ।

बिहीबार अधिकारीको निवासमा पुगेर शाक्यले उक्त रकम नेपाल राष्ट्र बैंकबाट प्राप्त (निवृत्तिभरण) पेन्सन भएको बताउनुभएको थियो । उहाँले कलेजका कार्यकारी निर्देशक रिचर्ड म्याकडोनाल्डलाई पनि नेपाली पस्मिना उपहार दिनुभएको थियो ।

नेपाली धनाढ्य तथा गैरआवासीय नेपाली संघका प्रथम अध्यक्ष उपेन्द्र महतोकी छोरी पनि अध्ययनको लागि संसारकै महँगो कलेजमध्ये एक मानिने त्यहि कलेजमा भर्ना भएकी छन् ।

टिप्पणीहरू