चितवनमा कोही खुले, कोही खुल्ने तयारीमा

चितवनमा कोही खुले, कोही खुल्ने तयारीमा

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिश गरेपछि पनि नेकपाका चितवनका केही जिल्लास्तरीय नेताले मुख खोलेका छैनन् । हालसम्म दुवै पक्षमा नखुलेकामध्ये जिल्ला समन्वय समिति प्रमुख कृष्णकुमार डल्लाकोटी, कालिका नगरपालिका प्रमुख गोपी श्रेष्ठ, रत्ननगर नगरपालिका प्रमुख नारायण वन, खैरनी नगरपालिका प्रमुख लालमणि चौधरी मुख्य हुन् । त्यसमध्ये चौधरी २०६४ सालको संविधानसभा सदस्य थिए ।

निर्वाचनमा जुन चुनाव चिन्ह लिएर जितेको हो त्यो पदाधिकारीले अहिले एउटा समूहलाई समर्थन गर्ने तर भोलिका दिनमा चुनाव चिन्ह अर्कै समूहको भागमा पर्यो भने आफ्नो पद धरापमा पर्ने भएकाले पनि नखुलेको बताइन्छ ।

स्रोतका अनुसार वामदेवनिकट पूर्वमन्त्री केशवलाल श्रेष्ठले पनि मुख खोलेका छैनन् । तर,यसबीच चितवनमा सम्पन्न सबै पक्षको भेला र केन्द्रीय नेताहरू उपस्थित कार्यक्रममा कार्यकर्ताको सहभागिताले दुबै पक्षलाई उस्तै उस्तै हालतमा देखाएको छ ।

टिप्पणीहरू