अर्कै रुटबाट भारतीय पाहुना आए

अर्कै रुटबाट भारतीय पाहुना आए

पेरिसबाट दिल्ली जान दोहा हुँदै काठमाडौंको बाटो ? अचम्म नमान्नोस्, कहिलेकाहीँ कूटनीतिमा दाहिने हातले पनि देब्रे कान समात्नुपर्ने हुन सक्छ । दक्षिणी मित्रराष्ट्र भारतको विदेश मन्त्रालयका कर्मचारीले अघिल्लो शुक्रबार यसरी नै झन्झटिलो यात्रा तय गरेका छन् । मन्त्रालयका उपसचिव अभिषेक उपाध्यायसहितको टोली हाम्रा प्रधानमन्त्री, राष्ट्रपति र सभामुखको तर्फबाट सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्धामा लिखित जवाफ दर्ता हुनु दुई दिनअघि पुस १७ गते बिहान ९ बजेर ५० मिनेट जाँदा त्रिभुवन विमानस्थलमा ल्याण्ड गरेको कतार एअरवेजबाट आएको हो ।

कूटनीतिक राहदानी वाहक दुवैलाई काठमाडौंस्थित राजदूतावासका कर्मचारीले रिसिभ गरेर लगेको विमानस्थलस्थित अध्यागमन स्रोतले बताएको छ । नेपालमा राजनीतिक संकट गहिरिँदै गएको सन्दर्भमा फ्रान्सबाट हान्निएर कतार हुँदै आएको उक्त टोलीले किन यो बाटो रोज्नुपरेको होला !

टिप्पणीहरू