कोरिया जानबाट रोकिएपछिको क्रोध

कोरिया जानबाट रोकिएपछिको क्रोध

कोरियन भाषा परीक्षा उत्तिर्ण गरेर पनि कोरिया जान नपाएका पाँच हजार जना युवाहरुको तर्फबाट आज विरोध प्रदर्शन गरिएको छ । ग्वार्कोस्थित ईपीएस सेन्टर पुगेर उनीहरुले आक्रोश ब्यक्त गरेका हुन् । प्रदर्शनमा विद्यार्थी नेता हेमराज थापाको समेत उपस्थिति रहेको थियो ।

कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा विभिन्न मुलुकका लागि भीसा प्राप्त गरेका,श्रम स्वीकृति लिएका र हवाईजहाजको टिकट लिइसकेकाहरु लामो समयदेखि स्वदेशमै रोकिएका छन् ।

टिप्पणीहरू