गोर्खादेखि हिंडेर काठमाडौँ

गोर्खादेखि हिंडेर काठमाडौँ

गोरखा दरबारबाट शुरु गरिएको गोरखा–काठमाडौँ एकीकरण मार्ग पदयात्रा आइतबार काठमाडौँ आइपुगेको छ । भोलि हुने २ सय ९९ औं पृथ्वी जयन्तीको अवसरमा पुस २१ गतेदेखि शुरू भएको एकीकरण पदयात्रा गोरखा, धादिङ, नुवाकोट हुँदै आज काठमाडौँ आइपुगेको हो ।

आजै नेपाली सेनाको भैरव गणबाट गएको क्याप्टेन निरञ्जन तिमल्सिना कमाण्डको टोली र शार्दुल जङ्ग गुल्मबाट गएको टोलीले संयुक्त रुपमा बाजागाजासहित राष्ट्रिय एकताको प्रतिक नेपालको राष्ट्रिय झण्डालाई हनुमानढोका पुर्र्याएका छन्  ।

पदयात्रा टोलीलाई हनुमानढोका दरबारमा स्थानीय निकायका प्रतिनिधि, गुठी, क्लबहरु, सर्वसाधारणलगायतले स्वागत गरेको सेनाले जनाएको छ ।

टिप्पणीहरू