पेरिस डाँडामा स्थायी समिति

पेरिस डाँडामा स्थायी समिति

प्रतिनिधिसभा विघटनका विरुद्ध सडक संघर्षमा रहेको नेकपा (बहुमत)ले स्थायी कमिटी बैठक बोलाएको छ। अहिले ३ बजे पार्टी कार्यालय कोटेश्वरमा बस्ने बताइएको छ।

केन्द्रीय संघर्ष समितिका सह-संयोजकसमेत रहेका स्थायी कमिटी सदस्य योगेश भट्टराईले आन्दोलन र सँगठनका विषयमा छलफल हुने जानकारी दिए। संघर्षका कार्यक्रम र संगठन निर्माणलाई कसरी व्यवस्थित र प्रभावकारी रुपमा अगाडि बढाउने भन्ने विषयमा छलफल गर्न स्थायी कमिटीको बैठक बोलाइएको हो’, पूर्वमन्त्री समेत रहेका भट्टराईले भने।

संसद विघटन गर्ने प्रधानमन्त्रीको कदमले विभाजनमा पुगेको नेकपाका दुवै पक्ष अहिले संगठन विस्तारमा लागेका छन् । बहुमत पक्ष (प्रचण्ड-माधव) आन्दोलन र संगठन विस्तारलाई एकैसाथ अगाडि बढाइरहेको छ भने रक्षात्मक बनेको ओली समूह पनि देशव्यापी संगठन निर्माणमा होमिएको छ।

टिप्पणीहरू