युवा संघ आइतबार बस्ने

युवा संघ आइतबार बस्ने

प्रतिनिधिसभा विघटनपछि विभाजनमा पुगेको नेकपाका दुवैपक्ष शक्ति सुदृढ बनाउनमा ब्यस्त छन् । संसद विघटनविरुद्ध सडक संघर्षसमेत गरिरहेको बहुमतपक्ष संगठन विस्तारमा समेत जुटेको छ ।

पार्टीमा सबैभन्दा शक्तिशाली मानिने युवा संघमा आफ्नो बर्चस्व कायम गर्ने दौडमा दुवैपक्ष लागेको देखिन्छ । तर, रक्षात्मक देखिएको ओलीपक्षले यसअघि नै युवा संघको भेला गरिसकेको छ । उक्त समूहले मधेसबाट युवाहरू झिकाएर प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा धोती जुलुस  निकालेको थियो । राष्ट्रिय युवा संघको इञ्चार्जसमेत रहेका नेता महेश बस्नेत देश दौडाहामा निस्किएका छन् ।

युवा विद्यार्थीलाई विशेष महत्व दिएको बहुमतपक्षले पनि माघ ४ र ५ गते काठमाडौँमा युवा संघ केन्द्रीय समितिको बैठक बोलाएको छ । संघका संयोजक रामप्रसाद सापकोटा ‘दिपशिखा’ ले पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्ने जानकारी दिएका छन् । उनले सम्भव भएसम्म जिल्लामा समेत बैठक आयोजना गर्न आग्रह गरेका छन् ।

टिप्पणीहरू