प्रहरी जवानको ड्युटीमै निधन

आज बिहान ड्युटीमा बसेका महाराजगञ्ज चौकीका प्रहरी जवान शेरसिंह विष्टको निधन भएको छ । ड्युटी बसिरहेको बखत एक्कासी अप्ठेरो महसुस गरेपछि कुर्सीमा राखिएको र त्यसपछि वीरेन्द्र प्रहरी अस्पताल,महाराजञ्ज पुर्याउँदा नपुर्याउँदै ३६ वर्षीय विष्टले प्राण त्यागेको महानगरीय प्रहरी कार्यालय,रानीपोखरीले बताएको छ ।

ड्युटी सकिनेबित्तिक्कै मादक पदार्थ सेवन गरिहाल्ने बानीका कारण उनको स्वास्थ्य अवस्था जर्जर भइसकेको थियो । निधनको कारण भने पोष्टमार्टम पछि मात्र थाहा हुनेछ । उनी हालै मात्र एक महिना बिदामा बसेर काममा फर्केका थिए । विष्ट महेन्द्रनगर,कञ्चनपुरका हुन् ।

टिप्पणीहरू